logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा बेवारिसे अबस्थामा महिला सहित २ वटा बालकको शब फेला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री, गुल्मी कार्तिक १६ ।
गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शब फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिलाको र अन्दाजी ७ र ८ वर्षका बालकको २ वटा बेवारिसे अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बालकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । शबलाई पोष्टमार्टम लगायत घटनको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक सहितको टोली पठाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।

बेवारिसे अबस्थामा फेला परेको शबको र पहिचाहन र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शबलाई पोष्ट मार्टको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend