logo
  • शनिबार, कार्तिक २२ २०८३

गंगालाल हृदय केन्द्रमा मुटुको भल्भ औषधिमा दोब्बर ठगी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, काठमाडौं कार्तिक १६ ।
काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको भल्भ तथा औषधिमा निकै ठूलो ठगी हुने गरेको प्रमाण फेला परेकाछन ।

अस्पतालद्वारा सञ्चालित फार्मेसीमा उपभोक्ता ठगेर अर्बौंको भ्रस्टाचार भइरहेको भनी परेको उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा यस्तो तथ्य भेटिएको हो ।

खरिद मूल्यमा ३३०० गुणासम्म थपेर औषधि विक्री वितरण गर्ने गरेको पाइएको छानबिन प्रतिवेदनमा उल्लेख छ । (उदाहरणका लागि १ रुपैयाँमा किनेको औषधि ३३ सय रुपैयाँ वा १ पैसामा किनेको औषधि ३३ रुपैयाँ विक्रीवितरण गरिएको प्रमाण फेला परेको सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा ‘रोसुभास्टाटिन (२० एमजी)’ नामक लेस्टर/म्याग्नस ब्राण्डको औषधि खरिद मूल्यभन्दा ३३ सय गुणसम्म बढी बिक्री मूल्य तय गरी बिक्री वितरण गरेको पाइएको थियो ।

जुन उक्त अस्पतालले नै जारी गरेको फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिका, २०५९ को समेत ठाडो उल्लंघन हो ।निर्देशिकाको दफा ४ उपदफा (१) मा भनिएको छ– ‘हरेक औषधि एवं उपचार सामग्रीको विक्री मूल्य निर्धारण गर्दा औषधिको अधिकतम मूल्य (Maximum Retail Price) मा ५% कम गरी मूल्य निर्धारण गरिनेछ । खुद्रा मूल्य (एमआरपी) नतोकिएका सामान एवं औषधिहरूको हकमा खरिद मूल्यमा १६% थप गरी विक्री मूल्य निर्धारण गरिनेछ ।’सप्लायर्स तथा फार्मेसीहरूले आपसी मिलोमतो (Collusion) मा मनोमानी तरिकाले कम गुणस्तरीय उपकरणहरूलाई बढी मूल्य राखी सप्लाई गरेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालय र अस्पतालको निर्देशिका पनि बाझिने

स्वास्थ्य मन्त्रालयले जारी गरेको अस्पताल फार्मेसी सञ्चालन निर्देशिका, २०७२ र शहीद गंगालाल हृदय केन्द्रले जारी गरेको फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिका, २०५९ पनि एक आपसमा बाझिएको पाइएको छ ।

 निर्देशिकामा बाझिएको प्रावधान 

शहीद गंगालाल हृदय केन्द्रको फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिका २०५९, दफा ४ उपदफा (१) –’हरेक औषधि एवं उपचार सामग्रीको विक्री मूल्य निर्धारण गर्दा औषधिको अधिकतम मूल्य (Maximum Retail Price) मा ५% कम गरी मूल्य निर्धारण गरिनेछ । खुद्रा मूल्य (एमआरपी) नतोकिएका सामान एवं औषधिहरूको हकमा खरिद मूल्यमा १६% थप गरी विक्री मूल्य निर्धारण गरिनेछ ।’

स्वास्थ्य मन्त्रालयले जारी गरेको अस्पताल फार्मेसी सञ्चालन निर्देशिका २०७२ दफा ९–’औषधि र औषधिजन्य पदार्थको विक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २०% मा नबढाई विक्री मूल्य निर्धारण गरिनेछ । तर, यसरी वि मुल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्य (Maximum Retail Price, MRP) भन्दा बढी हुनु हुँदैन ।’सतर्कता केन्द्रको प्रतिवेदनमा बाझिएको हकसम्म निर्देशिका संशोधन गर्न र सेवाग्राहीलाई मर्का पर्ने गरी मनोमानी ढंगले निर्धारण गरिएको औषधिको मूल्य समायोजन गर्न निर्देशन दिन सुझाव दिइएको छ ।

मुटुको भल्भमा पनि दोब्बर मूल्य !

शहीद गंगालाल हृदय केन्द्रमा मुटुको भल्भको मूल्य पनि मनोमानी ढंगले तोकेको पाइएको छ, जुन कुरा सतर्कता केन्द्रको प्रतिवेदनमा नै उल्लेख छ ।

‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार पर्ने Perimount (Edwards) नामक Biological भल्भलाई छानविन टोलीले टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजीको फार्मेसीमा कति मूल्य पर्छ भनी बुझ्दा सोही कम्पनी कै Biological भल्भ नभएको र सोही प्रकारकै Medical भल्भको करीब १ लाख १० हजार पर्ने भनी मौखिक रूपमा जानकारी पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।।’रासस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend