साझा नेटवर्क
कुमार “अविरल” पन्थी, काठमाडौँ श्रावण १०।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुलाई तिजको चटारोले भ्याइ-नभ्याइ छ । यतिबेला कलाकार तिजका गित गाउन र म्युजिक भिडियो बनाउनमा व्यस्त रहेका छन।

कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुलाई भिन्न भिन्न खालका तिज गितहरु बजारमा निकालेर नयाँ तवरले मनोरञ्जन दिन जुटीरहेका छन । पछिल्लो समय तिजका गितहरु अलिक भिन्न तथा उताउला दुरुस्तै रतौली जस्ता पनि आउन थालेका छन ।
अम्बिका म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायीका देविका के.सी.को तिज गित “मेरो मुटुमा केन्द्र बिन्दु पारी” बजारमा आएको छ । केसीको उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको हो । हरेक वर्ष तीजको अवसर पारेर गायिका केसीले छुट्टै महत्वका गीत दर्शकहरु माझ पस्कने गर्छिन। कहिले ‘पैसो’ को महत्व दर्शाएर त कहिले महङ्गाईको बिरुद्द आवाज ऊठाएर । यसपालीको तीजको अवसरमा गायिका केसीले ‘मुटुमा ७ रेक्टर स्केलको भुईचाँलो, बोलको तीज गीत सार्वजनिक गरेकी हुन ।
उक्त तिज गीतमा गायिका के.सी. र गायक सन्दिप न्यौपानेको स्वर रहेको छ। गीतको भाव अनुसार गायिका केसीले साडी किन्देउ भन्दा गायक सन्दिप न्यौपानेको मुटुमा ७ रेक्टर स्केलको भुईचाँलो गएको अनुभूति भएको र २५ सयको साडीलाई २५ हजारको भन्ने आरोप छ ।
सामाजमा वास्तविकता समेत पाईने सोहि तिज गीतमा टुरिष्ट जंग विकको शब्द तथा तिलक वलीले लय सृजना गरेका छन । चर्चित निर्देशक शंकर बिसीले निर्देशन गरेको भिडियोमा रुपा खनाल र सन्दिप न्यौपानेले अभिनय गरेका छन । गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन तथा नविन घर्ति मगरले सम्पादन गरेका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend