logo
  • शनिबार, साउन ३० २०८३

लुम्बिनीमा प्रधानमन्त्री ओलीले पाँच हजार अट्ने सभाहल बनाउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

लुम्बिनी, जेष्ठ ८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार अट्ने सभासहल एक बर्षमा बनाउँने घोषणा गरेका छन् ।
KP-oli-talkingशनिबार महामानव गौतम बुद्धको २५६० औँ जन्मदिनको अवसरमा विश्व शान्तिका अग्रदूत बुद्धको जन्म स्थल लुम्बिनीमा सरकारले गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज बिहान पानी परेर हाम्रा पाहुँनालाई दुःख दियो । हामी अब एक वर्षमा लुम्बिनीमा पाँच हजार अट्ने सभासहल बनाउँछौँ ।’

ओलीले सभाहल निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिए । प्रधानमन्त्री ओलीले लुम्बिनीलाई जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा समेत विकास गर्ने बताए ।‘लुम्बिनीलाई बौद्धधर्मावलम्बी तथा अन्य नेपालीको पवित्र तीर्थस्थलको रुपमा विकास गरी जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा विकास गर्न चाहन्छौँ’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले जापानका प्राविधिज्ञ केजो टाँगेले ल्याएको योजनालाई समेत कार्यान्वयन गर्ने घोषणा गरे । ओलीले भने, ‘लुम्बिनीको विकासका लागि टाँगेले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि हामी पहल गर्नेछौँ ।’ लुम्बिनीको विकास योजनालाई कार्यान्वयन गर्न २०४२ सालमा लुम्बिनी विकास कोष ऐन बनेपछि लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्ने हेतुले टांगेलाई नियुक्त गरिएको थियो ।

ओलीले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । ओलीले बुद्धको बारे सत्य, तथ्य जानकारकिा लागि शनिबार भएको भेलाले महत्वपूर्ण भूमिका खेल्ने समेत उल्लेख गरे । ‘यो समारोहले बुद्धत्वको बारेमा ज्ञान लिन पुलको काम गर्ने छ,’ ओलीले भने, ‘नेपाल सरकार बुद्धको जन्मथलोलाई बुद्धिज्मको मुहानको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend