साझा नेटवर्क
साझा नेटवर्क, बुटवल कार्तिक ११ ।
प्रदेश न ५ का मुख्यमन्त्री शंकर पाेखरेलले नेपालीहरुको दोश्रो महान पर्व दिपावली तथा तिहारको शुभकामना दिएका छन् ।
उनले तडकभडकपूर्ण नभई तिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा तिहार मनाउन समेत हार्दिक अपील गरेका छन् ।हेराै उनकाे शुभकामना सन्देश दिपावली अर्थात तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व छ । पारिवारिक मिलन र सामाजिक सद्भावका लागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशिल बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन् । तिहारले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सक्दा यसको सांस्कृतिक महत्व उजागर हुन्छ ।
वन खण्डित पार्ने प्रवृति नेपाली समाजका लागि घातक छ । पटका पड्काउने क्रियाकलापले बालबालिकामा दुर्घटनाको जोखिम बढेको छ । तिहारमा जुवातास खेल्ने र पटका पड्काउने क्रियाकलापलाई निरुत्साहित गर्न राज्यले चाल्ने कदममा सबैले सहयोग गरौं, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढौं ।
तडकभडकपूर्ण नभई तिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा मनाउन म समस्त प्रदेशवासीमा हार्दिक अपील गर्दछु ।संविधानको सफल कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ ।
त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । यो लक्ष्यलाई साकार पार्न सबै एकताबद्ध भई अघि बढ्न आवश्यक छ समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु । अन्त्यमा, तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमलय शुभकामना ।
शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६, कार्तिक ११
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend