logo
  • शनिबार, कार्तिक २२ २०८३

सनराइज बैंकले दियाे स्वास्थ्य बिमा बापतकाे रकम


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी कार्तिक ११ ।
सनराइज बैंक लिमिटेडले जिल्लामा पहिलाे पटक स्वास्थ्य बिमाबापतकाे रकम हस्तान्तरण गरेकाे छ । जिल्लाकाे धुर्काेट गाँउपालिकामा रहेकाे बैंककाे शाखाले धुर्काेट गाँउपालिका ४ जैसिथाेक निवासि वसन्त पाेखरेललाई रकम हस्तान्तरण गरेकाे हाे ।
बैंकमा खाता खाेलेकाे व्यक्ति बिरामी परेमा उसले बचत गरेकाे रकमकाे निश्चित प्रतिशत बैंकले पीडितलाई प्रदान गर्छ । यस्ताे रकम बढीमा एकलाखसम्म बैंकले उपलब्ध गराउछ । यसै कार्यक्रम अन्तर्गत पाेखरेललाई १६ हजार ६३४ प्रदान गरिएकाे शाखा प्रमुख ध्रुव पाेखरेलले जानकारी दिए ।

रकम पाउनकाे लागि पीडितले बैंकले सम्झाैता गरेका अस्पतालमा लागेकाे खर्चकाे बिल बैंकमा पेश गर्नुपर्ने पाेखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend