logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री, गुल्मी कार्तिक ११ ।
गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ परेका छन् । गुल्मी दरवार गापा ७ गलाम बस्ने निलासिंह अधिकारी घर जुँवा खेली रहेका १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्रहरीले जुवाको खालबाट झण्डै ३ लाख रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जुवा खेलीरहेको अबस्थामा नियन्त्रणमा लिएका १७ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपक्षिक घलेले बताए ।

त्यस्तै प्रहरीले पटका पडकाउदै हिडेका ७ जना युवालाई पक्राउ गरेको छ। जिल्लाको सदरमुकाम तम्घासमै पटका पडकाउने युवाहरुलाई प्रहरीले नियनत्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend