logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा ट्याक्टर दुर्घटनामा १५ जना घाइते ४ को अबस्था गम्भिर


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,  गुल्मी कार्तिक ११।
गएराती गुल्मीमा दुर्घटनामा १५ जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

देउसी भैलो खेल्न हिडेका समुह ट्याक्टरमा सवार गरिरहेको बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये गम्भीर घाइते इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षिय भुपेन्द्र कुमाल, २३ वर्षिय पदम कुँवर, १२ वर्षिय शेरे कुमाल, २९ वर्षिय प्रेम कुमालको पाल्पामा उपचार भइहरको प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

दुर्घटनामा परेर घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकमै पल्टीएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend