logo
  • शनिबार, कार्तिक २२ २०८३

तिहारमा प्लास्टिकका माला प्रतिबन्ध


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी कात्तिक ०८ ।
तिहारको समयमा धुर्कोट गाउँपालिकामा प्लास्टिकका माला निषेधित गरिएको छ । स्थानीय स्तरमा उप्पादित फूललाई प्रोत्साहन गर्ने उदेश्यले प्लास्टिकका माला निषेधित गरिएको गाउँपालिकाले जनाएको छ ।

फाइल फोटो

गाउँपालिकाले सुचना नै जारी गरी प्लास्टिकका मालाहरुको विक्रि÷वितरणमा रोक लगाएको जनाएको हो । प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी आत्मनिर्भर बन्ने उदेश्यले प्लास्टिक माला निषेधित गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यसका साथै प्लास्टिकका मालाले स्वास्थ्य र वातावरणमा समेत असर गर्ने भएकोले पनि प्रतिबन्ध गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend