साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं ।
मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले कश्मीर मुद्दामा आफूहरुको अडान यथावत रहेको बताएका छन्। महाथीरले संयुक्त राष्ट्रसंघको महासभामा भारतले कश्मीरलाई कब्जामा लिएर अन्याय गरेको बताएका छन् ।
महाथीरले मंगलबार सम्वाददाताहरुसँग कुरा गर्दै कश्मीर प्रकरणमा आफ्नो धारणा यथावत रहेको बताएका हुन्। उनले राष्ट्रसंघमा दिएको अभिव्यक्तिले दुई देशबीच व्यापार युद्धको अवस्था सिर्जना भएको बताए । महाथीरको यो भनाईले भारतसँगको व्यापारिक सम्बन्धमा उतारचढाव आउन सक्ने रोयटर्सले उल्लेख गरेको छ।
सोमबार मात्रै भारतको शीर्ष भेजिटेबल आयल ट्रेड बडीले आफ्ना सदस्यलाई मलेसियाबाट पाम तेल खरिद बन्द गर्न निर्देशन दिएको थियो। भारतले अगस्ट ५ मा जम्मू–कश्मीरको विशेष मान्यता खारेज गर्दै आफ्नो राज्य घोषणा गरेको थियो। उक्त कदमको मलेसियाले कडा आलोचना गरेको थियो। यद्यपि भारतले काश्मीरलाई आन्तरिक मामिला भन्दै आएको छ।
मलेसियाली प्रधानमन्त्री महाथीरले तेल खरिद रोक्ने भारतीय व्यापारीको निर्णय आफूले सुनेको बताउँदै भने, ‘तेल बहिष्कारका असरबारे अध्ययन गर्ने बताए । भारत सरकारले आधिकारिक रुपमा मलेसियाली पाम तेलको आयात रोक्ने बारे कुनै प्रतिक्रिया दिएको बताए ।
महाथीरले भने, ‘तेल रोक्ने भारत सरकारको अपिल होइन। हामी व्यापारीसँग कसरी कुराकानी गर्ने सोचिरहेका छौं। हामीले यो बुझ्नुपर्छ कि दुई देशबीचको व्यापार द्विपक्षीय रहेको बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend