logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

 अनिल खत्री ६ कात्तिक, गुल्मी । गएराती गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षिय झमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । 
  मुल्क भन्ने स्थानबाट जयखानी तर्फ सामान लगेर जाँदै गरेको लु १ च ४५८६ नम्बरको बलेरो गाडीबाट खसेको समान टिप्ने क्रममा रोकीराखेको गाडी एक्कसाी ब्रेक फेल भएर ठक्कर दिँदा जीपमा सवार बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।गाडीको ठक्करबाट घाइते भएका बिकको उपचारको क्रममा मृत्यु भएको छ ।   ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पुनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend