साझा नेटवर्क
चक्र चन्द,प्युठान कार्तिक २ ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस प्युठानको आयोजनामा गौमुखी गाउँपालिका प्युठानको प्रथम अधिबेशन आज सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला अध्यक्ष ऋषिराम पन्दितको अध्यक्षतामा भएको प्रथम अधिबेशनले अमृत के सिको अध्यक्षतामा १८सदस्यीय कार्य समिति निर्वाचित गरिएको छ ।

जस्को उपाध्यक्षमा जोगिन्द्र मल्ल, उपाध्यक्ष सुमित्रा गौचन सचिव अर्जुन गिरि स सचिव चित्रकला के सि कोषाध्य्क्ष दिलिप थापा सदस्य कुमार पुन, प्रेम बुढा धन बहादुर थापा, बेगम थापा, गोबिन्द बुढा, दाल बहादुर बुढा, बिशाल थापा, मधुमया टोमाता ,शान्ता अर्याल ,बसन्ता थापा, कृष्ण पौडेल, कमला गिरि पदम बि क, नारायण न्यौपाने रहेका छ्न।

त्यसैगरी नेपाल ट्रेड युनियन गौमुखी गाउँपालिका युवा संयोजक हिमाल बुढा र महिला संयोजकमा पुस्पा मल्ललाई चयन गरेको छ । अधिबेशनको समापन कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन का जिल्ला अध्यक्ष ऋषिराम पन्दितले राज्य सन्चाल्न गर्ने र गरि खानेहरुको ट्रेड युनियन रहेको र नयाँ संरचना अन्तर्गत प्युठानका ९ वतै स्थानीय तहमा गठन गर्ने अभियान रहेको बताउदै सबै निर्वाचित सदस्यहरुलाई कार्यकालको शुभकामना दिनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend