साझा नेटवर्क
साझा नेटवर्क, कतार।
कतारको कानुन अनुसार पुर्व स्वीकृत बिना कतारमा कुनै पनि कार्यक्रम गर्नु र गराउनु गैरकानुनी मानिन्छ।

हालैका दिनहरूमा केहि समुदायहरुले कतार सरकारको सम्बन्धित निकायबाट पुर्व स्वीकृत नलिइ बिभिन्न स्थानहरुमा स्थान कानुन र प्रचलन प्रतिकुल हुने गरि कतारमा विभिन्न किसिमका भेला/बैठकको आयोजना गर्ने, चन्दा / रकम संकलन गर्ने जस्ता कार्यहरू गरिएको हुँदा कतार सरकारको ध्यानाकर्षण भएको लिखित जानकारी प्राप्त हुन आएकोले राजदुतावास कतारले सुचना सार्बजनिक गरेको हो।
यसै सिलसिला कतार सरकारका सम्बद्ध निकायको पुर्व स्वीकृती बिना कुनै किसिमका राजनीतिक,सामाजिक र धार्मिक गतिविधिहरु संचालन नगर्न /नगराउन आफ्ना नागरिकहरुलाई आह्वान गर्न अनुरोध गरेको छ।
कुटनीतिक नियोग मार्फत निर्देशन गर्ने यहाँ स्थित सरकारी निकायले अनुरोध गरेको जानकारी गराउदै सोहि बोमोजिम गर्न/ गराउन हुन कतारमा बसोबास गर्ने सम्पुर्ण नेपाली समुदायलाई कानुन बिपरित कुनै काम कार्यहरु नगर्ने दुतावासले सूचना मार्फत अपिल गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend