साझा नेटवर्क
उद्धव मगर, दोहा ।
रामेछाप दोहा सम्पर्क समाज कतारले जिल्ला स्थित मन्थली नगरपालिका वडा नं. ६ का स्थाई शाही परिवारका ४ बाल बालिकालाई आर्थिक सहयोग गरेको छ ।
रामेछाप दोहा सम्पर्क समाज समक्ष आर्थिक सहयोगको निवेदन पेश भइ आएको हुँदा पिडित परिवारलाई मिति २०१९÷१०÷१२ का दिन नेपालबाट विशेष पहल गरी दिने रामेछाप दोहा सम्पर्क समाजका पुर्व उपाध्यक्ष यम बहादुर वि.क को नाममा नेपाली रुपैयाँ चालीस हजार सात सय साठी (अक्षेरुपी ४०७६०÷–) पठाएको छ ।
साथै यस समस्यामा परेका परिवारलाई सहयोग गरी दिनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहीनीलाई यस रामेछाप दोहा सम्पर्क समाजको तर्फबाट हार्दिक धन्यावाद दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend