logo
  • शनिबार, भाद्र २० २०८३

भारतको एक अस्पतालमा उपचार गराइरहेका कलानिधि हराए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

1876957828गोबिन्द पोख्रेल, नयाँ दिल्ली भारत श्रावण ८ ।
७० बर्षका कलानिधि कंडेल नेपाल भरतपुर चितवनदेखि उपचारका लागि दिल्ली आएका थिए । उनी १६ जुलाइ देखि २० जुलाइसम्म दिल्लीको प्रतिष्ठित अस्पताल अपोलोमा भर्ना भएका थिए ।

उपचार गराउदै गरेको अवस्थामा उनी एकाएक साँझको बेला घुमफिर गर्न बाहिर निस्केपछि फिर्ता आएका छैनन् । उनी साँझ ८ बजेतिर अस्पताल नजिकै रहेको सेवा सदनबाट बाहिर निस्केका हुन ।

उनको खोजी कार्य चलिरहे पनि आज तिन दिनसम्म फेला नपर्नु दुःखद हो । उनको उपचारका लागि सँगै आएका उनका छोरा प्रेमनिधि कंडेलले सरिता बिहार थानामा उनको खोजीका लागि निवेदन दिएका छन् । उनले आज नेपाली राजदुतावाससँग परामर्श गर्दै खोजीकार्य तिव्र बनाउन अनुरोध गर्ने पनि बताएका छन् ।

आखिर कलानिधि एकाएक यसरी कहाँ गए होलान ?
सम्पन्न परिवारका उनी कतै विरामीका कारण धेरै पैसा खर्च हुने डरले घरको बाटो अवलम्बन गरी नेपालतिर त फर्केनन् ? पैसाको खर्च धान्न सक्ने उनको हैसियत रामै्र छ एकातिर भने अर्कोतिर उनलाई अस्पतालमा के कति खर्च भयो ? के कति खर्च हुने हो ? यी सबै कुरासँग कुनै सरोकार पनि छैन ।

किनकी उनका छोराले सबै ब्यवहार मिलाउने हुँदा पनि धेरै अगाडिदेखि नै यसप्रति उनको खासै चासो पनि रहेन र छोराप्रति विश्वास राख्दै छोराको कार्यबाट उनी सन्तुष्ट रहेको अवस्था उनको पारिवारिक अवस्थाले प्रष्ट देखाएकोछ । उनी पुरै सचेत अवस्थामा छन ।

मानसिक अवस्थामा कुनै कमी देखिएको छैन । जबकी उनको दिमागको फिजियोथेरापी गरिएको सफल भएको थियो । तर एउटा जोखिम पनि भएको उनको छोरा प्रेमनिधिले बताए । फिजियोथेरापी पछि तिन दिनमा अस्पताल भर्ना हुनै पर्ने । उनी जस्तो अवस्थामा पनि तिन दिन पछि ढल्ने अवस्था श्रृजना हुन सक्छ, अस्पतालले बताएको कुरा निधिले बताएका हुन ।

भाषा नजानेर फर्कन गाह्रो भयो की भन्ने अवस्था पनि छैन ।
कलानिधि नेपाली र हिन्दी भाषाका मात्र जानकार नभै उनी राम्रो सँस्कृत भाषा र अंग्रेजी भाषा बोल्छन् । उनलाई भाषाको समस्याले अल्मलाएको पनि देखिदैन ।

उनी ज्ञानी ब्यक्ति भएर पनि कतै धर्मस्थलहरुमा बाँकीका दिनहरु कटाउने सोच बनाएर बाहिरिएका पो हुन की भनेर अड्कल काट्न सकिन्छ । अन्तमा कहि कतै फेला परि हालेमा या केही जानकारी पाएमा प्रेमनिधि भारद्वाज 8447792397 मा सम्पर्क गर्न सबैलाई हाम्रो अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend