logo
  • शनिबार, भाद्र २० २०८३

जापानमा शक्तिशाली ताईफुको असर उच्च सचेत रहन आग्रह


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, टोकियो असोज २५ ।
जापानमा आज शनिवार शक्तिशाली ताईफु हागिविसको असर देखिन थालेको छ । विहानदेखि शिजु ओका,चिवा हुँदै कान्तो क्षेत्रमा असर देखिन थालेको हो ।
यस क्षेत्रमा भारी वर्षा र तिव्र गतिमा आँधीबेरी चलिरहेको छ । हागिविस ताईफुको असरका कारण रेल तथा हवाई सेवाहरु सबैजसो बन्द भईसकेको मन्त्रालयले सुचना जारी गरेको छ । जापानको शिजुओका,चिवा लगाएत विभिन्न शहरमा भयंकर ताइफु हागीबिसले ज्वारभाटाको स्तरमा उकालो लागेको जापानको सञ्चार माध्यम माईनिचिले जनाएको छ ।

शक्तिशाली हागीबिस ताईफुबाट आफ्नो जीवन बचाउन र सचेत रहन आम मानिसलाई जापान मौसम एजेन्सीले आग्रह गरेको छ । यो आँधीबेहरी ज्वारको स्तर बृद्धि हुने धेरै सम्भावना रहेको अधिकारीहरूले बताएका छन।

दमकल विभागले निशिजिमा क्षेत्रका बासिन्दाहरूलाई उनीहरूको घरको माथिल्लो तलामा खाली गर्न आग्रह समेत गरेको छ । चिबा क्षेत्रमा बिहान ८ वजेवाट नै घरमा विद्युत् आपुर्ती बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend