साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज २१ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले ९ बर्षमा दशै टीका लगाएका छन । उनले ८९ बर्षकि आमा चिन्तकला बिष्टको हातबाट टीका ग्राहण गरेका हुन ।
दशै टिकाकै लागि मन्त्री बिष्ट सोमबार जन्मघर गुल्मीको इस्मा गाउँपालिका ४ दोहली बाझ आएका थिए । दिनभर आफन्तबाट टीका लगाउनुका साथै कार्यक्रताहरुलाइ टीका लगाएका थिए । उनले विभिन्न परिस्थितिले लामो समयपछि दशैमा टीका लगाउन पाएकोमा खुशी लागेको प्रतिक्रिया दिए ।आएर आफ्नी आमाको हातबाट टिका लगाएका छन् ।
मन्त्री बिष्ट पाँच दाजुभाइ मध्येका साइला हुन । उनले ठुलो दाजु इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, माइलो दाजु नीर बहादुर बिष्ट लगायतको हातबाट पनि टीका लगाउनुको साथै आशिर्वाद लिएका थिए । मन्त्री बिष्टले नागरिकमा दशैमा मात्रै नभएर बर्षभरनै खुशी ल्याउन सरकार गम्भीर ढङ्गले लागेको बताए ।
दशैंको टिका लगाउन गुल्मी आएका मन्त्री बिष्ट बुधवार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend