साझा नेटवर्क
साहित्य प्रेमी सुरज
रेसुङ्गा नगरपालिका-४, गुल्मी
नजिकिँदै गरेका दशैं तिहारको लहर
सबै गाउँ फर्केर सुनसान हुदै गएका शहर
सेतो कमेरो र रातो माटोले पोतेका घर
गाउँ भरि डुलेर टिका थाप्ने त्यो बालापनको रहर
सबको मनमा हर्ष उल्लास ल्याउने
साच्चै यि दशैं तिहार रहेछन् ।।
परदेशी छोरा छोरी फर्काइ ल्याउने
बुढा बाआमा लाइ खुशी बनाउने
वर्षौ देखि टाढिएका आफन्तहरू
सबैजना लाइ एकै ठाउँमा मिलाउने
सुकेका ति ओठमा मुस्कान फर्काउने
साच्चै यि दशैं तिहार रहेछन् ।।
आँगनभरि पहेंलै सयपत्री फुलेका
गैरि खेतमा झपक्कै मार्सि धान झुलेका
बिछोडिएका मित्र फेरि भेटेर सँगै डुलेका
रमाउदै दुःख,कष्ट अनि पिर,ब्यथा भुलेका
आहा सबैको मन रमाइलो गराउने
साच्चै यि दशैं तिहार रहेछन् ।।
निधारमा रातो टिका कानमा जमरा लाएर
बाआमाको हात समाइ मामघर टिका थाप्न धाएर
भनेजति दक्षिणा पाउँदा खुशी हुँदै रमाएर
मिठा मिठा दशैं का परिकार हरु खाएर
आहा साच्चै ति बालापन याद दिलाउने
पनि यि दशैं तिहार रहेछन् ।।
आज यसरी ति दिनको झल्को आउँदा
खाडिमा साहुले तुच्छ बचनहरु लगाउँदा
छुट्टी नपाएर आफु घर फर्किन नपाउँदा
छोरा तँ बिनाको दशै तिहार नरमाइलो भयो
भन्दै रुदैँ बाआमाले गुनासो सुनाउँदा
साच्चै परदेशी को मन रुवाउने पनि त
आखिर यि दशैं तिहार रहेछन् ।।

साहित्य प्रेमी सुरज
रेसुङ्गा नगरपालिका-४, गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend