साझा नेटवर्क
सुर्य चन्द, काठमाडौं असोज १७।
लामो समय देखि नेपालको पर्यटनलाइ विश्वसामु चिनाउदै आएकी पर्यटन ब्यबसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्डबाट आगामी २ बर्षे कार्यकालको लागि पर्यटन सद्भावना दूत नियूक्त गरेको छ ।
भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई नियूक्त गरेको हो । शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी छिन । मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबर्धनको क्षेत्रमा क्रियाशिल शेर्पा नियूक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया गर्ने बताइन ।
सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावना दूतको रुपमा नियूक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले भ्रमण बर्ष सफल पार्न शेर्पालाइ नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
सरकारले पर्यटन बर्ष २०२० लाई सफल बनाउन सुरज वैद्यको संयोजकत्वमा समिति बनाएर कार्य अघि बढाएको छ भने संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले मन्त्री योगेश भट्टराईको नेतृत्वमा विभिन्न नीति निर्माण र संयन्त्र निर्माण गरेको छ ।
छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त भए संगै अमेरिका नेपालको पर्यटन पर्बर्धनको लागि अमेरिका प्रस्थान गरेकी छिन भने उनलाई अमेरिका प्रस्थान गर्नु अघि संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय योगेश भट्टराईले शुभकामना समेत दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend