logo
  • शनिबार, कार्तिक २२ २०८३

दशैंको अबसरमा रेसुङ्गा नगरपालिकाको चियापान कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री
१६ असोज, गुल्मी । बिजया दशमी, दिपावली र छट पर्वको अबसरमा गुल्मीको रेसुङ्गा नगरपालिकाले शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरेको छ । नगरपालिकाले जिल्ला सदरमुकाम तम्घास स्थित बालमन्दिर हलमा शुभकामना आदाप्रदान एवं चियापान कार्यक्रम गरेको हो ।


शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा रेसुङ्गा नगरपालिका कर्मचारीहरु, वडाअध्यक्षहरु, पत्रकारहरु बिच एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाएका थिए । कार्यक्रममा रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सिता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्ष पदम अर्याल र नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे लगायतले शुभकामना मनतव्य राखेका थिए ।

शुभकामना कार्यक्रममा बोल्दै सहभागीले बिजया दशमी एवं हाम्रा महत्वपूर्ण चाडपर्वहरुले सबै नेपालीहरुमा खुस शान्ति एवं समृद्धिको कामना गरेका थिए । चाडपर्वले एक आपसमा आत्मिएतासँगै उमंग ल्याउने बताएका थिए ।

उनिहरुले चाडपर्व सभ्य भव्य रुपमा मनाउन आग्रह गरेका थिए । त्यस्तै बिहिवार नै नेकपाको बिद्यार्थीहरुको भात्री संगठन अनेरास्वबियूले शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।नेकपा गुल्मीकोपार्टी कार्यालयमा जिल्ला स्थित बिभिन्न नेता एवं बिद्यार्थीहरुको सहभागितामा शुभकामना आदाप्रदान एवं चियापान कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend