logo
  • शनिबार, कार्तिक २२ २०८३

अनेरास्ववियूद्धारा शुभकामना आदान–प्रदान सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल
१६ असौज, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी गुल्मीको आयोजनामा शुभकामना आदान–प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न भएको छ ।

 

हिन्दु नेपालीहरुको महान चार्ड विजयादशमि एवम् शुभ दिपावलीको अवसरमा अनेरास्ववियुले चियापान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य एवम् नेकपा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले नेकपाले गतिशिल ढङ्गबाट काम गरेको भन्दै अब कसैले रोकेर विकासको काम नरोकिने बताए ।

 

त्यसका साथै उनले पार्टीका धेरै भातृ संगठनको एकता प्रक्रिया टुङ्गिएको र बाँकि भातृ संगठनको एकता पनि छिट्टै टुंगिने जानकारी दिए । जिल्ला समन्वय समिति प्रमुख एवम् नेकपाका जिल्ला नेता लक्ष्मण पराजुलीले गुल्मीमा प्रदेश एवम् केन्द्र सरकारबाट विनियोजित बजेटबाट भएका कामको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्लास्थिति नेकपाका विभिन्न तहका नेताहरु, नेकपाका विभिन्न भातृ संगठनका प्रमुख एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अनेरास्ववियु गुल्मीका नेता राजेन्द्र विक्रम कुँवरको अध्यक्षता, श्रीराम महतको स्वागत मन्तव्य तथा विद्यार्थी नेता भरत चन्दको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend