logo
  • शनिबार, कार्तिक २२ २०८३

प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आह्वान


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क ,असोज १६।
म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ। जिल्ला स्थित अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएको छ । उक्त कार्यक्रम तीन दिन सम्म संचालन छ।
महाधिवेशनको संघिय सरकार महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गरेका हुन् । मन्त्री थापाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रवाससमा पसिना बगाएर कमाएको पैसा जिल्लाको आर्थिक, सामाजिक , स्वास्थ्य, शिक्षा तथा मानविय क्षेत्रमा लगानी तथा सहयोग गरेर देश विकासमा इट्टा थप्ने काम गरेको प्रशंसा गर्दै सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न प्रवासी नेपालीहरुलाई लगानी गर्न आग्रह गरेका छन ।
‘लामो समय पछि देशमा स्थायी सरकार आएकाले ढुक्क संग लगानी गर्न ’ मन्त्री थापाले आग्रह गरे । ‘सरकारको समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न लगानीले मात्र सम्भव भएकाले प्रवासी म्याग्दीलीहरुलाई स्वदेशमा लगानी गर्न वातावरण श्रीजना रहेको बताए । ’ जिल्लामा जलविद्युत ,कृषि , पर्यटन तथा विभिन्न क्षेत्रमा प्रयाप्त सम्भावना भएकाले लगानी गरी युवाहरुलाई स्वदेशमा बस्न सक्ने बातावरण निर्माण गर्नमा सहयोग गर्न समेत आह्वान लगानी सुरक्षितका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अहिले भ्रष्टाचार ,हिंसा ,बेरोजगार तथा शुसासन सरकारका लागि ठुलो चुनौती भएको बताउदै । भ्रष्टाचार नियन्त्रण र शुसासन कायम गर्न नितिगत निर्णय गरी कानुन निर्माण गरको जानकारी गराए । अहिलेको सरकार सबैभन्दा बढी भ्रष्टाचार नियन्त्रण गर्न सफल भएको उहाँले दावी गर्नुभयो । सरकारले देश विकासममा जोड दिएकाले सबैले साथ दिनुपर्ने बताए ।
साथै महिला माथि हुने हिंसा बढेको बताउनुहुँदै यसको अन्त्यका लागि सरकारले महिला हिंसा विरुद्धको अभियानलाइ नितिगत रुपमा निर्णय गरी अगाडी बढाउन लागेको र सरकारले विकास निर्माणमा हुने कालोबजारीलाई नियन्त्रण गर्नका लागि कडा कदम चालेको पहिले विकास निर्माणमा सडक निर्माण गर्दा दिइदै आएको अग्रिम भुक्तानीलाई घटाएको पछिल्लो समय मेलाका नाममा हिंसात्मक गतिविधी बढेकाले नियन्त्रण गर्नका लागि कदम चाल्न स्थानीय सरकारलाइ निर्देशन दिएको बताए

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीर ,निवर्तमान सभापति एवम् संविधान सभा सदस्य सांसद रेशमबहादुर बानियाँ र नेकपा म्याग्दीका सचिव करिकृष्ण श्रेष्ठले प्रवासी म्याग्दीलीहरुले जिल्लाको विकास ,आर्थिक, सामाजिक , शिक्षा ,मानविय , स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा पु¥याएको योगदान जिल्ला र देशका लागि नमुनायोग्य काम भएको काम प्रति खुलेर प्रशंसा गरे । विदेशमा कमाएको पुँजी जिल्लाको विकासमा लगानी गर्न आग्रह सहित अनुरोध गरे ।
यसैगरी जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी , बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,मालिका गाउँपालिका अध्यक्ष श्री प्रसाद रोका ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्वुजा पुन र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

जिल्लामा कृषि ,पर्यटन ,जलविद्युत लगायत विभिन्न क्षेत्रमा पर्याप्त सम्भावना भएकाले प्रवासमा कमाएको पुँजी लगानी गर्न लगानी मैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्ने क्याप्टेन गर्बुजा पुनले अन्नपुर्ण जलविद्युत र पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपालिका भएकाले विश्वको पर्यटकीय स्थल पुनहिल र जलविद्युतमा लगानी गर्न समेत आह्वान गरे ।

कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष चक्रबहादुर थापाले पर्यटकीय स्थल घोडेपानी र पुनहिलको पर्यटन प्रवद्र्धन र पुर्वाधार विकासमा लगानी भित्र्याउनका लागि घोडेपानीमा महाधिवेशनको आयोजना गएिको बताउदै मोनाले जिल्लामा गरेका विभिन्न गतिविधी तथा कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । मोनाले जिल्लाको आर्थिक ,सामाजिक ,स्वास्थ्य ,शिक्षा तथा मानविय क्षेत्र संगै अन्य उत्पादनमुलक क्षेत्रमा लगानी गर्न चाहेकाले लगानीमैत्री बातावरण निर्माण गरीदिन अपिल गरे ।

प्रवासमा कमाएको पुँजी स्वदेश र जिल्लामा लगानी गर्न चाहेपनि पनि लगानीमैत्री वातारण नभएको गुनासो गर्नुभयो । लगानीले मात्र विकास सम्भव भएकाले सबैले लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष थापाको अध्यक्षता,महासचिव मिम पुर्जाको संचालन र गैरआवासिय नेपाली संघ युकेका निवर्तमान अध्यक्ष तथा कार्यसमितिका सल्लाहकार योगकुमार फगामीको स्वागतमा सम्पन्न कार्यक्रममा मोनाका संस्थापक अध्यक्ष तेजप्रकाश पुन , मोना कतारका अध्यक्ष तिलु शर्मा ,मोना नेडरल्याण्डका अध्यक्ष एवम् महाधिवेशन व्यवस्थापक संयोजक जंगबहादुर पुन रहेको थियो ।

त्यस्तै वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल लगायत विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले बोल्नुभएको थियो । कार्यक्रममा मोनालाई सहयोग गर्ने व्यक्ती र विभिन्न क्षेत्रमा सक्रिय समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend