साझा नेटवर्क
साझा नेटवर्क , कतार।
गरिव तथा जेहेन्दार विद्यार्थीको अध्ययनको सहयोगार्थ स्थापना गरिएको कलम परियोजनालाई निरन्तर आयोजना गरिएको विजया दशमी शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम २०७६ को तयारी पूरा भएको छ।
यहि अक्टोबर ४ का दिन कतार स्थित फिलिपिनो मार्केट नजिक रहेको गल्फ होराईजन होटलमा ठकुरी सहयोग संञ्जाल कतारले आयोजना गर्न लागेको उक्त कार्यक्रमको लागि नेपालबाट आउने आमन्त्रित कलाकारहरुको टिम भने ३ अक्टोबर विहान मात्र कतारमा अवतरण हुनेछन् ।
सभ्य भाषा, सभ्य संकृती, हाम्रो पहिचान, शैक्षिक र आर्थिक समृद्दिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान भन्ने मुल नाराका साथ सामाजिक कार्यमा निकै सकृयका साथ लागि परेको संञ्जालले उक्त कार्यक्रम डल्ला ड्राइभिङ स्कूलको सभाहलमा गर्ने भनिएको भए पनि प्राविधिक समस्याका कारण स्थान परिवर्तन गरी गल्फ होराईजन होटलमा आयोजना गरेको हो । स्थान परिवर्तन गर्दा पर्न गएको असुविधा प्रति आयोजक कमिटीले क्षमाप्रार्थी रहेको बताएको छ ।
ठकुरी र गैर ठकुरी गरी २४ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र थप विद्यार्थीहरुको जिम्मेवारी बृद्दि गर्दै कम्तिमा १ सय जना विद्यार्थी पुर्र्याउने पुर्रयाउने लक्ष्य लिएको यस संञ्जालले पूर्णकालिन कलम परियोजना अन्तरगत एक अभिभावक, एक विद्यार्थी स्वरुप वार्षिक नेपाली रुपैया २५ हजार लिदै आएको छ भने अल्पकालिन कलम परियोजना अन्तरगत दाताहरुबाट गक्ष अनुसारको सहयोग लिदै आएको छ ।
आर्थिक पारदर्शिता र सदुपायोगका लागि विद्यार्थी वा अभिभावकलाई सिधै नगद हस्तान्तरण नगरि विद्यालयको सहकार्यमा आवश्यक शुल्क र शैक्षिक सामाग्री वितरण गर्ने गरेको संञ्जाल कतारका अध्यक्ष भरत बहादुल मल्लले बताए । मल्लले नजिकिदै गरेको विजया दशमीको शुभकामना संगै मनोरञ्जन पनि लिने र साथमा कलम परियोजना लाई पनि टेवा पुराउने हेतुले कार्यक्रम आयाजना गरेको हुदाँ दोहा बासि सम्पूर्ण नेपाली समुदायलाई साथ र सहयोगको लागि अनुरोध पनि गरेका छन् ।
नेपालबाट आमन्त्रित कलाकारहरु मध्ये स्टेज गायकका रुपमा परिचित लोक तथा दोहोरी गायक शक्तिकप चन्द तथा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल तथा डान्सर सुस्मिता शाहीको बेजोड प्रस्तुति रहने कार्यक्रममा कतारमा रहेका चर्चित स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रम संयोजक श्रीकृष्ण मल्लले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend