logo
  • शनिबार, भाद्र २० २०८३

गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेद्वारी दिने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नबराज विक, कतार ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलनको सरगर्मी बढेको छ । यतिखेर विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहे सगै एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएकी क्यानडा निवासी प्रमिला बस्नेत आशन्न महाधिवेशनमा महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गरेकी छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको स्थापना सगै सकृय रहदै आएकी बस्नेत महिला संयोजक हुदै आइसीसी सदस्यमा समेत काम गरिसकेकी छिन् । बस्नेतले क्यानडामा नेपाली समुदायको मन्दिर स्थापनादेखि हरेक नेपालीको समस्या समाधानमा सक्रिय हुदै आइरहेकी छिन ।

नेपालमा भक्तपुर जिल्लामा जन्मिएकी बस्नेतले नेपालमा रहदा समेत विभिन्न सामाजिक संघ-सस्थामा रहेर काम गर्दै समाज सेवा प्रतिको लगाब लाई निरन्तरता दिदै अहिले पनि महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।

गैरआवासिय नेपाली संघको अभियानमा महिलाहरुको सहभागीता बढाउदै स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली महिलाहरुको सामाजिक स्तर वृद्धि गर्दै संस्थागत विकास र गतिशील बनाउदै जानू पर्नेमा जोड दिने बताएकी छन् ।

बस्नेतले युरोप अमेरिका लगायत खाडी देशहरुमा कार्यरत महिलाहरुको समस्या पहिचान गर्दै समाधानमा जोड दिने बताउदै बिशेषत महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन आफू लागी पर्ने बताएकी छन् ।

उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघ मार्फत प्रवासमा बस्ने महिलाहरुको श्रम सीप र क्षमतालाई नेपालको समुन्नतिको अभियान अगाडी बढाउनमा जोड दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend