logo
  • शनिबार, भाद्र २० २०८३

पर्वत समाज कतार द्वारा पहिरो पीडितलाई राहत वितरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
पर्वत समाज कतारले पर्वतको कुश्मा नगरपालिकाका एक पहिरो पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।
गत भदौ ४ गत राति पहिरोले पुरिएर ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बोडिस्वाँराका ७० वर्षीय स्व.रेशम बहादुर चालिसेको परिवारलाई आइतबार कुशममा एक कार्यक्रमका बिच नगद हस्तान्तरण गरेको हो ।
रोजगारीको शिलशिलामा कतारमा रहेका पर्वतेलीबाट संकलन गरेको २ लाख २५ हजार ७ सय १५ रुपैया मृतकका छोरा तथा पर्वत समाज कतारका सह–सचिव महेन्द्रकुमार चालिसेलाई समाजका संरक्षक छविलाल भट्टराईले  हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा खस क्षत्री सेवा समाज कतार बाट समाजका निवर्तमान प्रवक्ता सन्तोष क्षत्रीको संयोजनमा संकलित पन्ध्र हजार रुपैया पनि हस्तान्तरण गरिएको थियो । मृतकका छोरा चालिसे खस क्षत्री सेवा समाज कतारका कार्यसमिति सदस्य हुनुहुन्छ ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य पदम गिरीले देश विदेशको जुन कुनामा भएपनि नेपालीहरु दुखमा एकजुट हुने संस्कारले सदैव नेपाली पन अभिव्यक्त हुने बताउँनुभएको थियो । उहाँले प्राकृतिक विपत्तीलाई रोक्न नसके पनि समयमै सतर्कता अपनाउँन सके दुर्घटनाबाट जोगिन सकिने भन्दै सधै सचेत रहनुपर्ने बताउँनुभएको थियो । उहाँले बिदेशमा रहेर पनि सदैव मानवीय सेवामा सक्रिय भएर लाग्ने पर्वत समाज कतारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङग्रेस पर्वतका पार्टी सभापती खिम प्रसाद भुषाल, कुश्मा नगरपालिकाका उपमेयर सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका–३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याय,  वार्ड न -२ का अध्यक्ष यदुनाथ बास्तोला, पर्वत समाज कतारका संस्थापक प्रताप गिरि, पूर्व उपाध्यक्ष धन सुनार, नारायण उच्च माध्यामिक विद्यालय व्यवस्थापान समितिका अध्यक्ष रमाकान्त शर्मा, पर्वत समाज कतारका पुर्व कोसाध्यक्ष दुर्गा बहादुर क्षेत्री, निवर्तमान कार्यसमिती सदस्य सौगात लामिछाने लगाएतले  बोल्नुभएको थियो ।

समाजका संरक्षक छविलाल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुर्व अध्यक्ष दिपेन्द्र जंग लामिछाने र संचालन निर्वतमान महासचिव सन्तोष गुरुङ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend