साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
कास्की सार्दिखोला समाज कतारको शुक्रवार सम्पन्न पाचौं अधिबेशनवाट संस्थाको सचिव पारसिङ तमाङ (लोप्चन) नयाँ कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध चयन भएको छ ।

त्यसैगरी प्रथम उपाध्यक्षमा सुक वहादुर बि क, द्दित्तिय उपाध्यक्षमा कुल वहादुर बि क, सचिवमा सन्तोष भुजेल, सह-सचिवमा जीवन गुरुङ, कोशाध्यक्षमा पदम गुरुङ, सह-कोशाध्यक्षमा हरी प्रशाद आचार्य र सदस्यहरुमा क्रमस: भानुभक्त आचार्य,उमन सिङ बि क,खडानन्द गिरी र दयाराम आचार्य चयन भएका छन ।
कास्की आदर्श सेवा समाज, कतारको शाखा संस्थाको रुपमा कृयासिल कास्की सार्दिखोला समाज, कतारमा रहेर विभिन्न सामाजिक तथा मानविय कार्यहरुमा कृयासिल रहंदै आएको छ । विशेश गरी यस संस्थामा साविक सार्दिखोला गाबिस वा माछापुच्छ्रे गाउपालिका-२ वाट रोजगारिको सिलसिलामा कतार आएका दाजुभाइ दिदिवहिनिहरु आवध्द रहेर सामाजिक काम गर्दै आएको छ ।
सामाजिक कृयाकलापको हकमा दोहामा स्थापित संघ संस्था जस्तै कास्की सार्दिखोला समाजको कृयासिलता पनि दुरुस्त भएपनि यस संस्थाले आवश्यक खर्च भन्दा वढी खर्च गरेर होटेल वा रेस्टुरेन्टमा आफ्नो कार्यक्रम भने अहिलेसम्म गरेको छैन ।
आपसी समझदारी मै सामान्य प्रकृया पुरागरी नयाँ कार्यसमिती चयन गर्ने गरेको छ । कार्यक्रम संस्थाको अध्यक्ष द्रोण प्रशाद वास्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
नयाँ कार्यसमितिलाई संस्थाको गतिविधी हस्तान्तरण गर्दै शुभकामना व्यक्त गर्दै संस्थामा हरपल कृयासिल रहन र आफु पनि कृयासिल रहने प्रतिवध्दता तथा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष द्रोण प्रशाद वास्तोला र संस्थाका सल्लाहकार तथा अविभावक मिम वहादुर गुरुङले संयुक्त रुपमा खादा लगाइ वधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend