logo
  • शनिबार, भाद्र २० २०८३

मलेसियाकाे रोजगारी आइतबारदेखि खुल्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बाबुराम थापा, मलेशिया असोज ४ ।
बिगत १५ महिनादेखि बन्द रहेको मलेशिया रोजगारी आगामी आईतबारबाट खुल्ने भएको छ । नेपाल र मलेशिया सरकारबीच सहमति नजुट्दा नेपाली कामदारका लागि मलेशिया लगभग ठप्प जस्तै भएको थियो ।

दुवै सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् । यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम गरी कामदारमाथि ठगी गर्दै आएका संस्थालाई कारबाही गरेपछि नेपाली कामदार मलेसिया जाने क्रम रोकिएको थियो ।

‘स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रणालीमा सिन्डिकेट अन्त्य गर्ने तथा कामदार लैजान रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने सहमति भएपछि मलेसियाको रोजगारी खुलेको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।

यो सँगै नेपाली कामदार अब मलेशिया शुन्य लागतमा जान पाउने भएका छन् । नयाँ सम्झैता अनुसार त्यहाँको सुरक्षा व्यवस्था र कामदारको ज्याला समेत राम्रो हुने अपेक्षा गरिएको छ । मलेशियामा अधिकाम्स नेपाली कामदार असुरक्षित भएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend