logo
  • शनिबार, भाद्र २० २०८३

विश्वकर्मा समाज कतारको अध्यक्षमा प्रेम कुमार निर्वाचित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार ।
विश्वकर्मा समाज कतारको तेस्रो अधिबेशन सहित विश्वकर्मा पुजाको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सस्थाका अध्यक्ष गम बहादुर बिकको सभापतित्व एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु को प्रमुख आतिथ्यतामा दोहा स्थित केरला कल्चर सेन्टरको हलमा सम्पन्न भएको छ ।

समाजको तेस्रो अधिबेसनबाट सर्बसहमतिमा अध्यक्ष प्रेम कुमार बिकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जस्मा वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर रसाइली उपाध्यक्षहरु सेवक बि क, मोहन घताने, दिपक बिक महासचिव टेक सागर सुनार, कोषध्यक्ष -रामकृश्न रामदाम, सह कोषध्यक्ष -अन्तु खाती चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा तारा बहादुर बिक, अर्जुन कुमार बिक, सन्तोश बिश्वकर्मा, मिलन बिश्वकर्मा, खुम बिश्वकर्मा, बिवेक बिश्वकर्मा, रेसम बिश्वकर्मा, सुस्मिता बिश्वकर्मा, तारा बिश्वकर्मा निर्मला बिश्वकर्मा, हिरालाल बिश्वकर्मा, किशोर बिश्वकर्मा चुनिएका छन् । सस्थाको पहिलो बैठकले महिला उपाध्यक्ष सहित दुई सचिब पद मनोनीत गर्नेछ ।

सभापति गम बहादुर बिकले समाजलाई नेतृत्व गर्दै गर्दा सबैको साथ र सहयोगले आफ्नो कार्यकाल सफलभएको बताए । उनलेे बिश्वकर्मा समाज जातीय सस्था भएतापनि प्रबासको हकमा सम्पुर्ण नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै नेपालीपन नै हाम्रो पहिलो प्राथमिकता हो भन्दै नेपालको जातीयप्रथा उत्पीडित समुदायको आवाज उठाउदै समतामूलक समाज निर्माणमा सबैको साथ र सहयोगको आवस्यकता रहेको बताए ।

प्रमुख अतिथि मुक्तदा मुसलमानले बिश्वकर्मा समाजले निकै प्रसंशनिय कार्यहरु गरेको भन्दै आउँदा दिनहरू समेत सफलताको शुभकामना दिदै एनआरएनए एनसीसीले कतारमा स्थपित सबै सस्थाहरु सग सहकार्य गर्दै अगाडी बढ्ने बताए । आफू भर्खरै मात्रै निर्बाचित भएर आए सगै योजनाबद्ध ढंग बाट श्रमिक नेपाली दाजुभाइ दिदिबहिनीहरुको समस्या पहिचान र समाधान जोड दिने बताए ।

उक्त कार्यक्रममा कतारमा सस्थापित विभिन्न बैचारिक एवम् सामाजिक संघसस्थाहरुको उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुति समेत रहेको थियो भने कार्यक्रमको संचालन महासचिव कृष्ण बिश्वकर्मा ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend