logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारले १७औं वार्षिकोत्सव मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार ।
गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको १७ औ वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष झविन्द्र आचार्यको सभापतित्व रहेको थियो । प्रमुख अतिथिमा संरक्षक शिव खड्का, विशेष अतिथिमा प्रमुख सल्लाहकार बुद्ध पाण्डे, सल्लाहकार बिजय बिक्रम बस्नेत, भिम तरामु मगर, नारायण केसी रहेका थिए । त्यसैगरी अतिथिहरुमा सामाजकी महिला संयोजक मिना खड्का, कृष्ण अर्याल, बाबुराम महत, पत्रकार द्वय टेकराज थापा, चक्र चन्द, राजेन्द्र पाण्डे लगायत रहेका थिए । साथै रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेली एवम् गैर गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विधिवत रुपमा व्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो । सस्थाका प्रथम उपाध्यक्ष कुमार अविरल पन्थीले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

सस्थाले साधारणसभा भएको १ वर्ष पुरा भएपछि वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम आयोजना गर्ने गर्छ । कार्यक्रममा समाजको साँगठिनिक प्रतिवेदन सचिव कमल अर्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुरज चन्दले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विजय बस्नेत, भिम तरामु मगर, बुद्ध पाण्डे, मिना खड्का लगायतले बोलेका थिए । यसैगरी समाजका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि शिव खड्काले सस्थाको उतरोत्तर प्रगतिको कामना गर्दै सस्थालाई शसक्त बनाएर कतारमा रहेका गुल्मेलीहरुलाई समेटेर अगाडी बढ्नुपर्ने र यहाँ रहेका गुल्मेलीहरु संस्थाको समीपमा रहेमा सबै गुल्मेलीहरुलाई सस्थाले समेट्न सहज हुनेकुरा बताएका थिए ।

त्यस्तै कार्यक्रममा गुल्मेली गायक दिपेन्द्र सुनार, डान्सर लक्ष्मी गिरी, मुना गिरी लगायतले आ-आफ्नो प्रस्तुती राखेका थिए । सोहि कार्यक्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली दिदी बहिनीहरुलाई तिजको दर समेत खुवाइएको थियो । हर्षोल्लासका साथ उपस्थित भएका दिदीबहिनीहरुले तिजको भाकामा छमछमी नाचेका थिए ।

कार्यक्रमका सभापति एवम सस्थाका अध्यक्ष झविन्द्र आचार्यले कार्यक्रम सभ्य भव्य र सफल बनाउन टाढा-टाढाबाट आउनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सस्थालाई अझ शसक्त बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै समापन गरेका थिए । कार्यक्रम समाजका सचिव कमल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend