साझा नेटवर्क
अर्जुन पौडेल, दोहा ।
नेपाली जनसम्पर्क समिति कतारले “रक्तदान” कार्यक्रम गर्नेभएको छ । बिगत वर्षहरुमा जस्तै यसपाली पनि महामानव बिपी कोइरालाको १०५ औ जन्म जयन्तिको अवसर पारेर छैठौ पटक रक्तदान कार्यक्रम गर्ने भएको हो ।

बिगतमा कुसलता पुर्वक समितीले सप्पन्न गरेेेेको कार्यक्रममा कतारमा रहेका ३५० भन्दा बढी नेपालीले रक्तदान गरेको सह-महामन्त्री केदार भुसालले बताए ।
कार्यक्रम कतारको (हमाद हस्पिटल) स्थित ब्लड डोनेट सेन्टरको हलमा हुने छ । रक्तादान १३ सेप्टेम्बर २०१९ शुक्रबार समय बिहान बिहान ७ बजे देखि ११ बजे सम्म मात्र हुने आयोजकले जनाएको छ ।
उक्तदिन कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनी हरुमा सहभागी भै रक्तदान गरेर पुन्य कमाउनको लागि नेपाली जनसम्पर्क समिति कतारले आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend