साझा नेटवर्क
साझा नेटवर्क, बार्सिलोना ।
गैरआवासीय नेपाली संघ स्पेनको चुनावी माहोल एतिबेला उत्कर्षमा पुगेको छ । बिभिन्न पदमा परेको उम्मेदवारीको दावी बिरोध र अन्तिम नामावली प्रकाशन गर्न निर्वाचन समितिलाई चटारो छ । सहमति गर्ने गराउने बिभिन्न राता-रात बसेका बैठकहरुबाट कुनै पनि निस्कर्ष निक्लन नसकेपछि लगभग निर्वाचन हुने पक्का पक्कि जस्तै देखिन्छ ।
बिगत ११ बर्षदेखि मध्यपूर्व, अर्थात् खाडी मुलुक कतार र साउदी अरबियाको गैर आवासीय नेपाली संघ र अन्य संघ-सस्था भित्र आवद्ध रही सहकार्य र समाज सेवा गर्दै आएका तारानाथ अधिकारीले पनि २०१९-२०२१ कार्यकालको लागि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दावी गरेका छन् ।
बिगत ३ वर्षदेखि स्पेनको बार्सिलोनामा बसोवास गर्दै आएका अधिकारी गैर आवासीय नेपाली संघ स्पेन लगाएत अन्य सामाजिक संघ सस्थाहरुमा आवद्ध रही समाज सेवामा टेवा पुर्याउदै आएका ब्यक्ति हुन ।
२०१७-२०१९ कार्यकालको निर्वाचन हुदै गर्दा सचिव पदमा उम्मेदवारी दिएका अधिकारी भन्छन, पद आफैंमा सानो ठुलो भन्ने हुदैन , सबै भन्दा ठुलो कुरा इच्छाशक्ति हो! यदी इच्छा र दृढ संकल्प आफु भित्र छ भने कुनै पनि पद वा पद बिना नै समाजलाई धेरै कुरा दिन सकिन्छ ।
उनि पुन: थप्छन समाजका आँखा भनेको सी,सी क्यामरा जस्तै हुन्छन, सदैव कुनै न कुनै तवरले मुल्यांकन गरिरहेको हुन्छ तसर्थ, लेख कविता र भावुक म्यासेजहरु सामाजिक संजालमा सम्प्रेषण गरेर आजको आधुनिक युग त्यसमा पनि यूरोप जस्तो बिकशित राष्ट्रमा बसोवास गर्ने नेपाली समुदायलाई झुक्याउन सकिदैन।
अघिल्लो निर्वाचनमा तारा अधिकारिले जुन अजेण्डा लिएर निर्वाचनमा होमिएको थियो तिनै अजेण्डाहरु अहिलेको स्पेनको नेपाली समुदायलाई अपरिहार्य देखिएको छ । समाजले हेरि रहेको छ मैले कसैको टिप्पणी गरिहाल्नु पर्ने कतै केहि देख्दिन तसर्थ पर्खौ र हेरौ भन्ने मै छु ।
निर्वाचन यौटा लोकतान्त्रिक पद्दति मात्र हो जस्तो सुकै नतिजा हात आउला तर तारा अधिकारी लगातार समाज र नेपाली समुदायको निम्ति केहि गरौ अर्थात् सकेको गरौ भन्ने सोच लिएर नै यो सस्थासंग बिगत ११ बर्ष देखि आवद्ध छ, मेरो सम्पूर्ण जिम्मा स्पेन निवासी नेपाली समुदायलाई नै सुम्पिन्न उपयुक्त सम्झिन्छु।
अघिल्लो कार्यकालका २०१७-२०१९ का लागि सचिव पदका उम्मेदवार रहेका अधिकारीले दिएको सदस्य पदको उम्मेदवारीले यौटा सकारात्मक म्यासेज समाजलाई दिएको छ ।
इच्छा भएको खण्डमा ठुलै पदमा रही काम गर्नु पर्छ भन्ने मानसिकता लिएर हतोत्साही हुनु जरुरि छैन।
निर्वाचन सेप्टेम्बर ९ तारिकमा तय भएको निर्वाचन समिति सयोजक सन्दिप मोहन भट्टराई र बिशाल ढुंगानाले जानकारी गराए । तारानाथ अधिकारी यूरोपखबर अनलाइनका प्रधान सम्पादक समेत हुन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend