logo
  • शनिबार, भाद्र २० २०८३

टर्कीकामा राष्ट्रपतिद्वारा संकटकाल घोषणा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाण्डौ, श्रावण ६ ।
टर्कीका राष्ट्रपति द्रोरा देशमा तीन महिना संकटकाल  लागु  गरेका  छन् , गतसाता सत्ता हत्याउन असफल प्रयास भएपछि  उनले  टेलिभिजनमार्फत गरिएको सम्बोधनमा अर्दोआनले यो घोषणाले कु गर्ने प्रयासमा जिम्मेवार ठहरिएकाविरुद्ध तत्काल कारबाही अघि बढाउन सहयोग पुग्ने बताए।
160717141604_comments_turkey_coup_aftermath_640x360_getty
उनले सेनाका सल्लाहकारसँगको बैठकपछि गरेको सम्बोधनमा प्रजातन्त्रविरुद्ध दिइएको धम्कीविरुद्ध लड्ने र सँगै टर्कीका जनताको आधारभूत स्वतन्त्रताको संरक्षण पनि गर्ने बाचा गरे।संकटकाल लागू गरेपछि टर्कीको सरकारलाई तीन महिनाका लागि बृहत् शक्ति प्राप्त हुनेछ।

शक्ति
देशमा संकटकाल लागू गरेपछि अब राष्ट्रपतिले संसदलाई छलेर अधिकार सिमित गर्न वा निलम्बन गर्न सक्नेछन्। “संकटकालका उपायहरु कस्ता हुन्छन् भन्ने केही विवरणहरु अझै प्राप्त भएका छैनन्। तर के स्पष्ट भएको छ भने सरकारले आदेशहरु दिनसक्नेछ र सरकारमा भएका शक्तिमा वृद्धि हुनेछ।”

राष्ट्रपति र मन्त्रिपरिषद्ले संसदलाई छलेर कानुनहरु बनाउन सक्नेछन्। त्यहाँ कर्फ्यु लाग्न सक्नेछ। सदन छलेर कानुन ल्याउन सकिनेछ अनि भेला हुने अधिकार तथा प्रकाशनको स्वतन्त्रतामाथि प्रतिबन्ध लाग्न सक्छ। सरकारसँग पक्राउ गर्नसक्ने थप शक्ति हुनेछ।

राष्ट्रपति अर्दोआनले संकटकाल लागू गर्नुको उद्देश्य प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्नु भएको बताएका छन्। तर विगतमा उनको कार्यकालमा यी दुबै विषयमाथि अंकुश लगाइएका हुँदा अब संकटकाल कस्तो होला भन्ने ठूलो प्रश्न खडा भएको छ।

आलोचना
गत शुक्रबारको असफल कु प्रयासपछि व्यापक रुपमा मानिसहरुलाई पक्राउ गरिएको थियो। त्यस्ता कारवाहीले उक्त शंकालाई थप मलजल गरेको छ।

सत्ता हत्याउने असफल प्रयास गरेको आशंकामा न्यायाधीश, प्रहरी, सेना र शिक्षा क्षेत्रका गरि दशौं हजार मानिसहरु पक्राउ परेका वा उनीहरुलाई जागिरबाट हटाइएको वा निलम्बन गरिएको छ।

अहिले यूरोपमा उनका ती कदमहरु विरुद्ध आलोचना बढिरहेको छ। जर्मन चान्सलर एंगेला मर्कलका प्रवक्ताले टर्कीले अहिले कानुनको उल्लंघन गरिरहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend