logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा रक्तदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा ।
सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्ध नेपालीको परिकल्पना भन्ने मुल नाराका साथमा दोहामा कृयाशिल रहेको प्रदेश नम्बर ३ समन्वय परिषद कतारले रक्तदान कार्यक्रम शुक्रवार हमाद मेडिकल कर्पोरेशनको रंगत बैंकको कक्षमा सम्पन्न गरेको छ ।

सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) कतार च्याप्टर संयोजक रामजी खत्री र महासचिव हुमा पोखरेलबाट रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो ।

आयोजकका तर्फबाट परिषदका प्रथम उपाध्यक्ष विष्णु भण्डारीबाट शुरुवात गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको १ सय पाँच जनाको सहभागिता मध्ये स्वास्थ्य परिक्षणपछि ८० जनाले रक्तदान गरेका थिए ।

२० जना भन्दा धेरै महिला दाताहरुको सहभागिता रहेको कार्यक्रम पछि सञ्चार कर्मिहरुसंग बोल्दै परिषदका अध्यक्ष समीर खत्रीले रंगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भन्ने हेतुले आयोजना गरेको बताए ।

यस कार्यक्रममा उत्साहजनक उपस्थिति रहेकाेमा खुसि ब्यक्त गर्दै उपस्थित सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गरे । हामी निरन्तर सामाजिक सेवामा छौं, र यो यात्रामा सहकार्य गर्ने सबै प्रति नमन एवं आभार व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend