-हिम शिखर।
धौलागिरी हिमालको छाया हाम्रो घरको आगनमा पर्थ्यो ,यदि मिमिरेको घाम उत्तर दिशा बाट उदाउने भए । तर सुर्य त पुर्व क्षितिज बाट उदाउछ । विहानीको चम्किलो घामको किरण हाम्रो घरको धुरीमा ठोकिन्छ त्यही धुरीको छाया हाम्रो घरको आगन पर्छ ।
त्यही हजुरबुबा र बुबाको पौरखले बनाएको सुन्दर घर २०७२ सालको भुकम्पले गर्दा धुजा धुजा भएको छ बस्नै नमिल्ने गरि । तर पनि ठिङग उभिएको छ अझै पनि । म भन्दा दुई वर्ष कान्छो छ हाम्रो घर, हाम्रो हजुरबुबाले आजभन्दा उतिस वर्ष अगाडि बनाउनु भएको रे , बलियो रहेछ त्यती शक्तिशाली भुइचालोमा पनि ढ्लेन ।
तत्पश्चात गोठमा भयो बास !
गोर्खालाई केन्द्र बिनाएर आएको त्यो महा विनाशकारी भुकम्पले नौ हजार भन्दा बढी नेपालीको ज्यान लियो , हजारौं घाइते भए , लाखौं घरहरु भग्नावशेषमा परिणत भए । भुकम्पको पराकम्पन महिनौ दिन चलिरह्यो मान्छेहरुलाई भुकम्पको त्रासले रातदिन सताइ रह्यो । कोहि पाल टागेर बसे त कोहि खुला मैदान मै रात बिताए । ती दिन प्रतिदिन आइरहने पराकम्पनले जमिन र घर मात्रै हल्लाएन, प्रत्येक नेपालीहरुको मनमुटु हल्लाइ रह्यो । परिवार र आफन्त गुमाएको पिंडामा आंशुका भेलहरु बगिरहे । कयौं रात जग्राम बस्नु पर्यो । जताततै त्रासै त्रास र कोलाहल मचियो ।
अर्घाखाँची सिमानामा स्थित हाम्रो पिपलधारा गाविसमा पनि आंशिक र पुण गरि १५२ घर भत्किए । जसमध्ये हाम्रो घर आंशिक रुपमा क्षेती भए पनि अनुगमन टोलिले बस्न नहुने सुझाव दिएकाले गाई भैंसी बस्ने गोठलाई बासका चिम र काठ्का फलेगले बारेर त्यसैमा बस्नु परेको छ । घरमा नालनाता र पाउनाहरु आउँदा खाने गास भएपनी सुत्ने ठाउँ पुग्दैन ।
नयाँ घर बनाउन सानोतिनो रकमले हुदैन, सरकारले भुकम्प पीडितलाई राहत स्वरुप ढाइलाख रकम बाड्ने आस्वासन दिएको थियोे , भुकम्प पछि दुईपट्क सरकार परिवर्तन भयो , दुईवटा भर्खे झरी जान लाग्यो सरकारले रकम बाड्न सकेन । पटक-पटकको सरकार परिवर्तन र सत्ताको भागबन्डाको लडाइँले विभिन्न क्षेत्र र देशबाट आएको सहयोग रकम बैंकहरुका आलमारीमा ढुसी लाग्ने गरि थन्किएका छ्न । हामी जस्ता लाखौं भुकम्प पीडित आशाको त्यान्द्रो झुन्डाएर बसेका छ्न ।
सरकारको आश रहेन, आफ्नै पौरखमा बनाउछौ घर !
मुलुकमा आइरहने प्राकृतिक आपद विपदमा नेपाल सरकार र राजनीतिक दलहरुले कहिल्यै जनताको दु:ख दर्द र संबेदनसिलता लाई ध्यान दिन र प्रयाप्त राहत प्रदान गर्न सकेका छैनन् बरु उल्टै भुकम्प पछि विभिन्न देशबाट आएका राहत सामाग्री र सहयोग रकम टांठा बाठा , हुनेखाने र आफ्ना नातापाता र आसेपासेहरु लाई मात्र बाडे , सिदा साधा र वास्तविक भुकम्प पीडितले तिर्पलको खोस्टो समेत पाएनन ।
बरु ख्यातिप्राप्त कलाकार द्वय धुर्मुस र सुन्तलीले भुकम्प ग्रस्त पहाडी जिल्लाहरुमा आफ्नै हात , पौरख र पहलमा सामुहिक नमूना बस्ती निर्माण गर्दैछ्न ।बरिस्ठ पत्रकार विजय कुमार पाण्डेले कोशिश अभियान मार्फत गोर्खा जिल्लामा बस्ती निर्माण गर्दैछ्न । केही एन्जिओ र आइएनजिओहरु पनि अभियान रत लागेका छ्न ।
हाम्रो गाविसमा पनि वैदेशिक रोजगारीमा रहेका युवाहरू द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मीले भुकम्प पीडितहरुको घाउमा थोरै भए पनि मलम लगाउन सकिन्छ भन्ने उदेश्यले पुणरुपमा क्षेती भएका घर परिवारलाई सहयोग रकम वितरण गरेको थियो । पीडितहरु पनि सरकारको आश गरेर कति दिन बस्थेर ! राम्रो आय आर्जन गर्नेहरुले राम्रै घर बनाए , न्यून आय स्रोत भएकाहरूले पनि छाप्रो भएपनी बनाए ।
हामी पनि बनाउने छौ आफ्नै पौरखले ! आखिर घर भत्किए पनि मन भत्किएको कहाँ छ र ?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend