logo
  • शनिबार, भाद्र २० २०८३

भूमिका र भागिरथको नरिसाउन कान्छुले चर्चा बटुल्दै (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बाबुराम सिक्देल, युएई श्रावण ५।
लोकदोहोरी गायिका भूमिका गिरी र लोक गायक भागिरथ चलाउनेको स्वरमा रहेको ऐलेको तिज गित न रिसाउन कान्छु बजारमा चर्चामा रहेको छ । हिन्दु नारीहरुको महान चाड तिज नजिकिदै गरेको अवस्थामा सोही गित केही दिन अगाडी देखी सार्वजनिक गरेका हुन् ।bhumika

तिर्सना म्युजिक प्रा.लि को प्रस्तुती रहेको नरिसाउ न कन्छुमा गायक गायिका भूमिका र भागिरथ चलाउनेकै सुरिलो स्वरले सजिएको छ भने भागिरथ चलाउनेले नै लय शब्द सृजना गरेका छन् । तिजको बेलामा श्रीमतीलाई बढी शृंगार पटार चाहिने भूमिका ब्युटी पार्लरमा जान्छु भन्दै भागिरथलाइ मायाँलु पारामा फकाएकी छन् भने भागिरथले पनि तिमी यसै राम्री छौ किन जान पर्यो पार्लर भन्दै भूमिकालाई फकाएका छन् ।

त्यस्तै भिडियो तर्फ चर्चित निर्देशक शंकर बि.सी ले निर्देशन गरेका छन् भने छायांकन राजेश घिमिरे र सम्पादन नबिन घर्ती मगरको रहेको छ त्यस्तै अभिनयमा शंकर बि.सी आँफै र रश्मी तामाङको साथमा गायिका भूमिका गिरी आँफैले पनी गरेकी छन्। दाङ जिल्लाको देउखुरीमा जन्मिएकी गायिका भूमिका गिरी सानै उमेर देखी गीतसंगीतमा रुची राख्दै बिगत ६ बर्ष देखी औपचारिक रुपमा आफ्नो पहिलो एल्बम लौका चाख्ने मौका देउ बिक्रम थापा सँगको संयुक्त आवाजमा रोइला गित बाट सुरु गरेको बताएकी छन् ।

त्यस पछी क्रमिकरुपमा रामजी खाँण सँगको संयुक्त स्वरमा तिउँन मिठो चुकैले बोलको दोस्रो एल्बम ल्याएको बताएकी छन् । निक्कै सुरिलो स्वर भएकी गायिका भूमिका गिरी ले ऐलेसम्म सबै गित गरेर लगभग एक दर्जन गितमा स्वर दिई सकेको बताएकी छन् । उनको आफ्नै छुट्टै एल्बम पाँच वटा श्रोतालाई पस्की सकेकी छन् । लौका चाख्ने मौका देउ, तिउँन मिठो बनायो चुकैले, खुर्सानी झैँ पिरो, तिजले गरायो यी गीतहरु उनको आफ्नै हुन् भने ऐलेको न रिसाउन कान्छु तिज कोसेली पनी आफ्नै ५ पाँचौ एल्बम रहेको बताएकी छन् । सोही गितले ऐले बजारमा तहलका मच्चाईरहेको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend