साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०१९-२०२१ कार्यकालका लागी गुल्मेली द्वय बुद्ध पाण्डे र झबिन्द्र आचार्यले उम्मेद्वारी दिएका छन् । पाण्डेले सह-कोषाध्यक्ष र आचार्यले सदस्य पदमा उम्मेद्द्वारी दिएका हुन् ।

लामो समय देखि कतारमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका सामाजिक अभियन्ता द्वयले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफूहरुले उम्मेदवारी दर्ता गराएको साझा नेटवर्कलाई बताए ।
बुद्ध पाण्डे गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं १ पौदी थामडाडा घर भइ विगत लामो समयदेखि कतारमा कार्यरत छन । उनि गुल्मी सेवा समाजका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार हुने भने प्रदेश न ५ का अध्यक्ष हुन । पाण्डे पछिल्लो समयका एक सकृय समाजसेवी हुन ।

त्यस्तै झविन्द्र आचार्य मालिका गाउँपालिका वडा नं ५ छापाहिले घर भइ एक दशक भन्दा लामो समयदेखि कतारमा कार्यरत छन् । लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमिति अध्यक्ष समेत हुन । उनि कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने दृढ इच्छा रहेको द्वय बताउछन । सस्थाको पदनै ठुलो कुरा नभनी जुनसुकै पदमा रहेपनि पद भन्दा काम ठुलो भन्ने मान्याता रहेको उनीहरुको भनाई छ ।
आफ्नो तन र मन दिई आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारीसँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न आफुहरु तयार रहेको पनि बताए ।
हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँबाट मह्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न आठौं अधिवेशनबाट नयाँ नेतृत्व चयनका गर्नका लागि आगामी अगष्त २३ तारिकका दिन कतार स्थित नेपाली दुतावासको सभाहलमा मतदान हुदै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend