साझा नेटवर्क
दोहा ।
एनआरएनए कतारको चुनावको मिति नजिकिदै गर्दा डिल्लीराम भट्टराईले सचीव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पर्वत जिल्लामा जन्मेर हाल रुपन्देहीमा बसोबास गर्दै बिगत १३ बर्स देखि कतारमा रहेर विभिन्न सामाजिक क्षेत्र आवद्ध रहेका भट्टराईले आफुले आर्जन गरेको अनुभको आधारमा सचीवमा उम्मेदवारी दिन लागेको बताए ।
कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका भट्टराईले सन २०११ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहदै २०१७ -२०१९ को कार्यकालमा संघ-संस्था समन्वय समितीको सह-संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
सन २००९ साल देखि पर्बत समाज कतारमा आबद्द हुदै आफ्नो सामाजिक कार्यलाइ निरन्तरता दिदै आएका उनी हाल सस्थाको मानार्थ सदस्य रहेका छन् ।
यस्तै सन २००९ मा स्थापना भएको समाज सेवा अभियान रुपन्देहिमा सन २०१० म आबद्ध भै हाल दोस्रो पटक पुन सर्वसम्मत अध्यक्षको कार्यभार समाली रहेका छन् । भट्टराईले प्रदेस नम्बर पाच समन्वय परिषद कतारको माहासचिब पदमा रहि आफ्नो जिम्मेबारि समाल्दै आएका छन ।
कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय भट्टराई यहाँ रहेका सबै सामाजिक ब्याक्तित्वका बिच सरल र अनुशासित सामाजिक कार्यकर्ताको रुपमा परिचित छन् ।
एनआरएनए कतारको २०१७-२०१९ कार्यकालको युवा संयोजकमा उम्मेदवारी दिइएको उनले सबै अग्रजको सल्लाहमा सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका थिए यस पटक आफु उम्मेदवार बन्दै गर्दा सम्पुर्णको सहयोग मिल्नेमा आफु आसाबदि भएको बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend