logo
  • शनिबार, साउन ३० २०८३

बागलुङको खर्वाङमा ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गणेश थापा, बागलुङ जेठ ७ ।
जिल्ला बिकास समिती बागलुङको आयोजनामा खर्वाङमा ३ दिने क्षमता अभिबृद्धि तालिम आजदेखी सुरु भएको छ । स्थानिय सामाजिक अगुवा कार्यकर्ताहरुका लागि खानेपानी सञ्चालन तथा ब्यवस्थापन सम्बन्धी सञ्चालन हुने तालिममा दगातुम्डाँडा गाविसबाट ५० जनाको सहभागिता रहेको छ ।
Bishnu 2 (2)
जनप्रतिनिधीबिहीन अवस्थामा स्थानिय समुदायमा सञ्चालन हुने योजना, सञ्चालन ब्यवस्थापन, जिविस तथा गाविसबाट प्रदान गरिने सेवा सुविधा, योजना सम्झौता गर्दा आवश्यक कागजातहरुको बारेमा सहजीकरण गरिने जिविस बागलुङका सुचना अधिकारी अखिलेनाथ शर्माले बताउनु भयो ।

यस्तै तालिममा वडा नागरिक मञ्चको गठन, प्रक्रिया, काम, कर्तब्य र अधिकारको बारेमा सहभागीलाई जानकारी गराईने शर्माको भनाई छ । गाविस स्तरमा सञ्चालन भएका अभियानहरु खुल्ला दिशामुक्त गाविस घोषणा, पुर्ण सरसफाईयुक्त गाविस घोषणाका लागि वडा नागरिक मञ्चका सदस्य तथा सामाजिक कार्यकर्ताले खेल्नु पर्ने भुमिकाको बारेमा पनि सहजीकरण गरिने बताईएको छ ।
Bishnu 1
तालिम उद्घाटन कार्यक्रममा जिविस बागलुङका सुचना अधिकारी अखिलेनाथ शर्मा, लेखापाल अम्विका शर्मा, वास परियोजनाका फिल्ड कोर्डिनेटर दुर्गा छन्त्याल, रेडियो सारथीका स्टेशन म्यानेजार बिष्णु प्रसाद भुषालको बिशेष आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रम दगातुम्डाँडा गाविसका सचिव गीता पौडेलको अध्यक्षता एवम सामाजिक परिचालक गीता पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend