logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल मगरसंघ शाखा कतारको १३औं महाधिवेशन सम्पन्न, अध्यक्षमा विजय मगर


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

विवेक पुलामी मगर, कतार ।
नेपाल मगर संघ शाखा कतारको “१३औं महाधिवेशन तथा १९औं वार्षिकोत्सव सम्पन्न भएको छ । “अधिकार सम्पन्न ५ न. प्रदेशलाई एकीकृत मगरात स्वायत्त प्रदेशको घोषण गर्न माग सहितको हाम्रो अभियान मगर समुदायको आर्थिक, समृद्धि र समाजिक रुपान्तरणको पक्षमा १३औं महाधिवेशन” भन्ने मुल नाराका साथ नेपाल मगरसंघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा नेपाल मगरसंघ केन्द्रिय समिति काठमाडौंका महासचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख अतिथ्यतामा महाधिवेशन सम्पन्न भएको हो ।

शुक्रवार कतारको नज्मामा अवस्थित शालिमार प्यालेस रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा विशिस्ट अतिथिहरु नेपाल मगर संघ, शाखा कतारका साँस्कृतिक बाङ्ग (१९/२०) मीन बहादुर घर्ती मगर, नेपाल मगर संघ केन्द्रिय समितिका सल्लाहकार भरत बुढा मगर, नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिका सदस्य तथा गायिका रन्जीता थापा मगर, पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारहरु देव बहादुर राना मगर, भिम तरामु मगर, नेपाल मगर संघ, शाखा कतारका पुर्व साँस्कृतिक बिभाग संयोजक तथा कलाकार भुपेन्द्र रिखाम मगर, एन.आर.एन.ए (एन.सि.सि) कतारका महासचिव बुद्धबल गुरुङ रहेका थिए।

अतिथिहरुमा कतारमा स्थापित बैचारिक संस्थाहरु, समाजसेवी, बुद्धिजिवि तथा ब्यबसायीहरु, प्रदेशहरु, जिल्लावासी संघसंस्थाहरु,विभिन्न धार्मिक तथा जातीय संघसंस्थाहरु, साहित्यिक तथा कला केन्द्रहरु, पत्रकारहरु, साथै मगरसंघ शाखा कतारका सल्लाहकारहरु, मानर्थ सदस्य टेक रसाइली, कन्चन राई, एरिया समिति प्रमुख र बिभागका प्रमुखहरु रहेका थिए ।

कार्यक्रमलाई सभापति, प्रमुख अतिथी, बिशिस्ट अतिथी र अतिथिहरु बाट दिप प्रज्वलन र ब्यानर अनावरण गरेर सुरु गरिएको थियोे । कार्यक्रममा नेपाली राष्ट्रिय गान र मगर राष्ट्रिय गान उपस्थित सम्पुर्णले गाएका थिए नेपालका प्रथम सहिद क्या.लखन थापा मगर साथै अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

उपस्थित सम्पुर्णलाई नेपाल मगर संघ, शाखा कतारका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए। संगठनको बारेमा संगठन सचिव विवेक पुलामी मगरले जानकारी दिए कार्यक्रममा खुल्ला सत्र कार्यक्रम महासचिव बिजय मगर र बन्द सत्र कार्यक्रम सचिव लोक बहादुर सिन्जाली मगरले संचालन गर्नुभएको थियो। मगर संघ, कतारको १९औं वार्षिकोत्सब अवसरमा केक काटेका थिए।

कार्यक्रममा अतिथिहरु प्रदेश न. ५, नेपाल तामाङ घेदुङ प्रवास समिति, मंगोल अर्गनाइजेसन, संघीय लिम्बुवान समाज कतार, जनमुक्ति मंच, कतार नेपाली समाज कतार, जन प्रगतिशील मंच, कतार , जनसम्पर्क, समिति कतार,प्रवासि नेपाली मंच कतार, एन आर एन ए (एनसिसि) महासचिव बुद्धबल गुरुङ, नेपाल मगर साँस्कृतिक संघ, केन्द्रिय सदस्य रन्जीता थापा मगर,नेपाल मगर संघ केन्द्रिय सल्लाहकार भरत बुढा मगर कार्यक्रम सफलताको शुभकामना ब्याक्त गर्दै नयाँ चयन हुने कार्यसमितिलाई अग्रिम बधाई दिनु भयो।

प्रमुख अतिथि नेपाल मगर संघ, केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरले कार्यक्रमलाई सम्बोधन गर्दै मगर संघ बारेमा र नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गर्दै १२औं कार्यसमितिलाई सफलता पुर्वक आफ्नो कार्यकाल पूरा गरेकोमा धन्यवाद दिदै नयाँ चयन हुने कार्यसमितिलाई अग्रिम शुभकामना दिनुभयो।

कार्यक्रममा साँस्कृतिक परिवारको कलाकारहरुले साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने सहयोगी संघसंस्थाहरु, सहयोगी ब्याक्तित्वहरु, कलाकारहरु र १२औं कार्यसमितिका कार्यसमितिका पदाधिकारीहरु लाई कदर पत्र वितरण गरिएको थियोे।

कार्यक्रममा संगठनीक प्रतिबेदन संगठन सचिव विवेक पुलामी मगर , संघको प्रतिबेदन महासचिव बिजय मगर, वैदेशिक बिभाग प्रतिबेदन बिदेश बिभाग संयोजक अभिमत पुन मगर, आर्थिक प्रतिबेदन कोषाध्यक्ष केशव राना मगर, र बिधान संसोधन समितिका संयोजक देव बहादुर राना मगर बिधान प्रस्तुत गर्नु भयो।

प्रस्तुत गरिएका प्रतिबेदनहरु र बिधान लाई महाधिवेशन बाट पारित गरियो। कार्यक्रमका सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले सम्पुर्ण कार्यक्रममा उपस्थिति रहनुहुने प्रमुख अतिथी, बिशिस्ट अतिथीहरु, अतिथिहरु, समाजसेवी, बुद्धिजीवी, ब्याबसायी र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगीहरु, १२औं कार्यकाललाई सफल बनाउने सल्लाहकार सदस्यहरु र सहयोगीहरु लाई धन्यवाद दिदै १२औं कार्यसमितिको बिगठन भएको घोषणा गर्दै निर्वाचन समितिका संयोजक जनक थापा मगर लाई हस्तान्तरण गर्नु भयो।

निर्वाचन समिति बाट सर्वसहमत बिजय कुमार मगरको अध्यक्षता मा २९ सदस्यीय कार्यसमिति चयन गरियो कार्यसमितिको नामावली क्रमश प्रथम उपाध्यक्ष अभिमत पुन मगर,द्दितृय उपाध्यक्ष केशव घर्ती मगर, महिला उपाध्यक्ष खगी पुन मगर, महासचिव विवेक पुलामी मगर,सचिव लोक बहादुर सिन्जाली मगर, संगठन सचिव केशब राना मगर, कोषाध्यक्षहिम थापा मगर, सहकोषाध्यक्ष बाबुराम थापा मगर कला तथा साँस्कृतिक बिभाग संयोजक तिल बिक्रम मगर, सदस्यहरु लक्ष्मी घर्ती मगर, जानू कुमारी मगर,शुक्र बहादुर पुलामी मगर, भबिन थापा मगर,कुमार राहदी मगर, रेशम आले मगर, कृष्ण सोराली मगर, समीर थापा मगर, भक्त ढेगा मगर, श्याम पुलामी मगर, पुर्ण थापा मगर ,धुर्व थापा मगर ,रुक माया आले मगर ,देबि मगर, दुर्गा थापा मगर, दिल बहादुर रोका मगर रहेका छन।नव निर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ, केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरले सपत ग्रहण गराएको थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend