साझा नेटवर्क
काठमाण्डौ, श्रावण ५ ।
नेकपा एमालेले नयाँ सरकार बनाउनु अघि कानुनी अस्पष्टतालाई सम्बोधन गर्नुपर्ने निर्णय गरेको छ।नयाँ सरकार गठन सम्बन्धी जटिलताबारे जारी बहसमाझ वर्तमान सरकारको नेतृत्वकर्ता सो पार्टीको मंगलबार बसेको स्थायी कमिटीको बैठकले सरकारविरुद्धको अविश्वासको प्रस्तावको सामना गर्ने समेत निर्णय गरेको एकजना नेताले बताए।
अविश्वासको प्रस्ताव अघि बढाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेकोले नयाँ सरकारका लागि उसले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। एमालेका नेताहरुले वर्तमान सरकारलाई यथास्थितिमै हटाइए पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको पालामाझैं प्रधानमन्त्रीको राजीनामापछि लामो समयसम्म सरकारविहीनताको अवस्था आउन सक्ने तर्क गरेका छन्।
अस्पष्टता प्रधानमन्त्री स्वतः हट्ने व्यवस्था छ तर त्यसपछाडि सरकार गठनको मामिलामा अन्योल रहन सक्छ। त्यो अन्योल अहिलेको संक्रमणकालीन अवस्थामा राम्रो होइन। त्यसकारण त्यो अन्योल हट्ने गरी अगाडि बढ्नुपर्छ प्रदीप ज्ञवाली, सचिव, नेकपा एमाले अहिलेको संक्रमणकालीन अवस्थामा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउनुअघि नयाँ सरकार गठनबारे राजनीतिक दलहरु कानुनी रुपमा स्पष्ट हुनु मुलकको हितमा हुने एमालेका सचिव तथा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले बताए।
उनले थपे, “कानुनविद्हरुका व्याख्या र संविधानको धारा २९८ लाई माथिदेखि तलसम्म हेर्दा केही अस्पष्टताहरु जरुर छन् र ती अस्पष्टता हटेनन् भने अविश्वासको प्रस्ताव पारित होला। प्रधानमन्त्री स्वतः हट्ने व्यवस्था छ तर त्यसपछाडि सरकार गठनको मामिलामा अन्योल रहन सक्छ। त्यो अन्योल अहिलेको संक्रमणकालीन अवस्थामा राम्रो होइन। त्यसकारण त्यो अन्योल हट्ने गरी अगाडि बढ्नुपर्छ।”
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र केही साना दलहरुको समर्थनमा अविश्वास प्रस्ताव अघि बढाएको नेकपा माओवादी केन्द्रका नेता मणि थापा चाहिँ एमालेको उक्त तर्क स्वीकार्न तयार छैनन्।उनी भन्छन्, राजनीतिक रुपमा हेर्नुपर्ने मुद्दालाई एमालेले मूलतः कानुनी नजरले हेरिदिँदा अन्योलजस्तो अवस्था देखिएको हो।
थोरै अन्योल त हुन सक्छ तर त्यो कानुनी कुरामार्फत राजनीतिक निकासलाई रोक्ने प्रयत्न हो तर मलाई लाग्छ यो प्रयत्न असफल हुन्छ र राजनीतिकरुपले नै यो प्रक्रिया अघि बढ्छ मणि थापा, नेता, नेकपा माओवादी केन्द्र राजनीतिक समस्याको समाधान राजनीतिरुपमै खोजिनुपर्ने थापाको जोड छ।
उनले भने, “थोरै अन्योल त हुन सक्छ तर त्यो कानुनी कुरामार्फत राजनीतिक निकासलाई रोक्ने प्रयत्न हो तर मलाई लाग्छ यो प्रयत्न असफल हुन्छ र राजनीतिकरुपले नै यो प्रक्रिया अघि बढ्छ।”गतिरोधअविश्वासको प्रस्तावमा होस्टेमा हैसे गरेको नेपाली कांग्रेसले पनि भावी सरकार गठनमा कुनै समस्या नदेखेको उक्त पार्टीका नेताहरु बताउँछन्।
कांग्रेस नेता प्रकाशशरण महतको शब्द सापटी लिने हो भने अल्पतमतमा परिसकेको एमाले नेतृत्वको सरकारले सत्ता लम्ब्याउने खेलमात्र खेल्न खोजिरहेको छ।अल्पमतमा पर्दा खेरि सरकार रहँदैन भन्ने पनि स्पष्टै छ। अब चाहिँ फेरि पनि संविधान अस्पष्ट छ भनेर सत्ता लम्ब्याउने खेल जुन भइरहेछ त्यो दुर्भाग्यपूर्ण कुरा हो। यसलाई हामीले कुनै हालतमा मान्न सक्दैनौँ
प्रकाशशरण महत, नेता, नेपाली कांग्रेसउनी भन्छन्, “अल्पमतमा पर्दा खेरि सरकार रहँदैन भन्ने पनि स्पष्टै छ। अब चाहिँ फेरि पनि संविधान अस्पष्ट छ भनेर सत्ता लम्ब्याउने खेल जुन भइरहेछ त्यो दुर्भाग्यपूर्ण कुरा हो। यसलाई हामीले कुनै हालतमा मान्न सक्दैनौँ।
”यसअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गतिरोध अन्त्यबारे छलफल गरेका थिए।मुख्य तीन दलका नेताहरुले सबै विषयमा प्याकेजमा सहमति खोज्न प्रयास गर्ने बताएपनि त्यो सहज नहुने स्पष्ट देखिन्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend