logo
  • शनिबार, भाद्र २० २०८३

चर्चित ब्याण्ड नेपथ्य कतारमा, इद्को दोश्रो दिन भब्य कार्यक्रम हुँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्जुन पौडेल, दोहा ।
चर्चित लोकपप ब्यान्ड नेपथ्य आगामी बकर इदमा हुने कार्यक्रमको लागि कतार आइपुगेको छ । नेपथ्य्का अमृत गुरुङ लाई आयोजक सह आयोजक लगायतका टिमले आज दोहाको हमाद इन्टर्नेस्नल एयरपोर्ट मा भब्य स्वागत गरेका थिए ।

लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर–ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको कार्यक्रमको तयारी कलाकार हरु आएसङै पूरा भएको छ ।

शान्तिको लागि सङ्गीत भन्ने नारा सहित दुई दशक भन्दा बढी समय देखी निरन्तर गायन संगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारबासी सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रम बकर इदको दोस्रो दिन सनैया ग्रन्ड मल संगैको एसियन टाउन एम्पिथिएटरमा हुने छ ।

कार्यक्रममा सहभागी हुन चाहनेले कतारमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा ग्रेन्ड मल संगै कार्यक्रम हुने स्थल बाहिर राखिएको स्टलबाट समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend