साझा नेटवर्क
दोहा ।
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको आठौँ अधिवेशनको २०१९-२०२१ कार्यकालको लागि विवेक पुलामी मगरले खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । गोरखा जिल्लाको सिरान्चोक गाउपालिकाका स्थाई बासिन्दा मगर बिगत १० बर्षदेखि कतारलाई कर्मथलो बनाउदै आएका छन् ।

मगर संघ शाखा कतारका वर्तमान संगठन सचिव, नेपाल मगर संघ, दोहा एरिया समितिका पुर्व अध्यक्ष, महानगर सहकारीका कतार शाखाका उपाध्यक्ष रहेका मगर सामाजिक सेवामा तनमन र कर्मले लाग्ने गरेका छन् । यहि बिभिन्न समयमा गरेको सामाजिक कामहरुको अनुभवका आधारमा पुलामीले खुल्ला सदस्यमा उमेदवारी दिएको जनाएका छन् ।
कतारमा कार्यरत नेपालीहरूको विभिन्न समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि बिशेष कार्ययोजना ल्याउने, संस्थाबाट आर्जन गरेका ज्ञानलाई सहि ठाउँमा सदुपयोग गर्न आफुलाई भोट दिई बिजय गराउन र काम गर्न अबसर प्रदान गरिदिन सम्पुर्ण पाषर्द सदस्यहरुलाई अनुरोध समेत गरेका छन् । महाधिवेशनको निर्वाचन आगामी २३ अगष्टमा हुँदैछ।
आदरणिय कतारमा स्थापित संघ संस्थाका प्रमुखज्युहरु, समाजसेवी, बुद्धिजीवी, व्यावसायि, पत्रकारज्युहरु, पजीकृत सदस्य ज्यूहरु, साथै कतारमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नमस्कार।
विगत १० वर्ष देखिको कतार बसाई संगै कतारमा रहेको विभिन्न सामाजिक संघ, संस्थाहरु आवद्ध रहदै सामाजिक कार्यहरुमा प्रत्येक्ष तथा अप्रत्यक्ष रुपले सहभागी हुँदै आफुले सके सम्मको सहयोग गर्दै आएको यहाँहरु माझ जानकारी नै छ। हाल नेपाल मगर संघ, शाखा कतारको संगठन सचिव रहि रहदा मलाई नेपाली समाज प्रतीको जिम्मेवारी र उतरदाहित्व झन धेरै बोध भैरहेको छ।
उक्त जिम्मेवारी र समाज प्रतिको उतरदाहित्व लाई आफुले सके सम्म पूरा गर्नका लागि “नेपालीका लागि नेपाली” भन्ने नारा रहेको सम्पुर्ण नेपालीहरुको साझा संस्था एनआरएनए एनसिसि कतारको यहि मिति २०१९ अगस्ट २३मा हुन गइरहेको नयाँ कार्यसमिति २०१९/२१ चयनमा मैले खुल्ला सदस्य तर्फ आफ्नो उम्मेदवारी दिएको यहाँहरु सम्पुर्ण माझ जानकारी गर्दछु साथै मलाई भोट गरेर उक्त पदमा विजय गराउन र मलाई काम गर्न अवसर प्रदान गर्न सम्पुर्ण पार्षद सदस्यज्युहरु लाई हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद सहित ।
विवेक पुलामी मगर
पंजीकृत सदस्यता न.QA0002560
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend