साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदको लागि लोकमाया क्षेत्री, (माया केसी)ले उम्मेद्वारी दिएकि छन् । ‘एनआरएनए’ को २०१९(०२१ कार्यकालको लागि साहित्यकार, समाजसेवी माया केसीले महासचिव पदमा आफ्नो उम्मेदारी रहने बताएकी छन् ।

उनले यस अभियान र महाधिबेशनलाई पूर्ण रुप दिनको लागि सम्पूर्ण परिषद सदस्य र समाजका अग्रज व्यक्ति सबैलाई आग्रह गरेकी छन्। उनले आफ्नो फेशबुकमा स्टाटस लेखेर आफू महासचिवमा उम्मेदारी दिने बताउँदै सबैलाई सहयोग गर्न अपिल गरेकी छिन्।
त्यस्तै केसीले प्रतिवद्धताका रुपमा कतारको सरकारी संयन्त्रसंग नेपाली समुदायको समन्वय बढाउने वचन दिइएकी छन्। उनले अगाडि लेखेकि छन्,‘कतारमा कार्यरत अन्य देशका सामाजिक संघ संस्थाहरूसंग समन्वय र सहकार्यका लागि पहल गर्नेछु।
एनसिसिले विगतमा अवलम्वन गरेका नीति तथा नियमावलीहरुको संरक्षण, संवर्द्धन र निरन्तरता साथै परिस्कृत गरि समय सापेक्ष वनाउनेछु । २०११ देखि परिषद सदस्य रहेकी केसी २०१७(०१९ कार्यकालमा युवा संयोजकको नेतृत्वमा रहेकी थिइन।
उनले भनिन्,‘कतारमा रहनुभएका आदरणीय वुद्धिजिवी तथा सामाजिक अभियन्ता ज्यूहरु, विभिन्न संघ संस्थाहरुमा आवद्ध अग्रज ज्यूहरु, गैरआवासीय नेपाली संघका अभियन्ता ज्यूहरु, आदरणीय मित्रहरु तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ, सल्लाह र सुझावलाई शिरोपर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९(०२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेको छु।
कुनै पनि लक्ष्य सम्म पुग्नको लागि साथ अनि सल्लाहको जरुरत पर्दछ। यस्तै साथ, सल्लाहसुझाव र सहयोगमा सकारात्मक सोचका साथ आफ्नो क्षमताले भ्याए सम्म सौहार्दपूर्ण वातावरणमा निष्पक्ष रुपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै यहाँहरुको पूर्ण सहयोगको लागि हार्दिक अनुरोध गर्दछु।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend