साझा नेटवर्क
सन्तोष क्षत्री, कतार ।
नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य आगामी बकर इदमा कतार आउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको कार्यक्रमको प्रचारप्रसारलाई तिब्रता दिइएको छ ।
आयोजकले नेपालको लोकप्रिय ब्यान्ड आउने भएकोले धेरै भन्दा धेरै नेपाली सहभागी गराउनको लागि कतारका विभिन्न शहर संगै नेपाली क्याम्प सम्म पुगेर प्रचारप्रसार गरिरहेको बताएको छ । बकर इदको लामो छुट्टीमा ब्यान्डका प्रमुख गायक अमृत गुरुङ संगै अन्य कलाकार आउने भए पछि कतार बासी नेपाली समेत उत्साहित भएका छन् । कार्यक्रम बकर इदको दोस्रो दिन सनैया ग्रन्ड मल संगैको एसियन टाउन एम्पिथिएटरमा हुने छ ।
दुई दशक भन्दा बढी समय देखी निरन्तर गायन संगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारबासी सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ।
कार्यक्रममा सहभागी हुन चाहनेले कतारमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा ग्रेन्ड मल संगै कार्यक्रम हुने स्थल बाहिर राखिएको स्टलबाट समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend