साझा नेटवर्क,कतार ।
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको 2019-21 कार्यकालको लागी कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाले उम्मेदवारी दिएका छन ।
लमजुङ जिल्ला बेशिशहर नगरपालिका -३ स्थाई घर भइ रोजगारीको सिलसिलामा २०१४ मा कतार प्रवेश गरेका बिनोद कतार आउन पुर्व स्वदेशमा करिब एक दशक विभिन्न वित्तिय सस्था हुँदै बैकिङ्ग क्षेत्रमा जिम्बेवार पदमा रहि काम गरेका ब्यक्ति हुन।
हाल कतारमा पनि एक प्रतिस्ठान कम्पनिमा वित्तिय क्षेत्रमा नै कार्यरत छ्न । गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद कतारको २०१७ -१९ कार्यकालमा संघको सचिवालय सदस्य तथा आर्थिक समिति सदस्य, लमजुङ सेवा समाज कतारको दुई कार्यकाल कोषाध्यक्ष हुदै हाल उपाधक्ष्य जस्तो गरिमामय पदमा रहेर कतारको नेपाली समाजमा क्रियाशील सामाजिक युवाको भूमिकामा निरन्तर लागि रहदै आएका छन ।

बिदेशमा रहेर पनि प्रवास तथा स्वदेश मा रहेका नेपाली हरुमा आई पर्ने समस्याको समाधान हक हितको निमित्त केही गर्न सकिन्छ भन्ने उदेश्यले आफु समाज सेवाको भावनाले अग्रसर भएका बताए । कतारमा रहेका सम्पुर्ण श्रमिकहरुको अभिभाकत्व निभाइरहेको संस्था आर एन ए मा जिम्मेवारी पदमा रहेर नेपाली श्रमिकहरुको हकमा काम गर्ने चाहाना रहेको बताउदै , यो पटक युवा अनुहारमा नेतृत्वदायी हुने पर्ने बताउदै शैक्षिक योग्यताले आफुले सिकेको सिप र सामाजिक भावनालाई अझै प्रभावकारी बनाउन समाज रहि काम गर्ने आफु इच्छुक रहेकोले उम्मेद्बारी दिएको बताए ।
कतारमा विभिन्न पेशा व्यवसायमा रहि कार्यरत गर्दै आउनु भएका अभियानका अग्रज अभियन्त एनसीसी कतारको पंजीकृत सदस्य लिनु भएका कतार बासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यहाँको साथ र सहयोग बिना आफु कथपित अगाडि बढन न सक्ने हुदा सहयोगको अपेक्षा गर्दै मतदान गर्नुहुन सबैमा हार्दिक अनुरोध गरेका छन । चुनाव आगामी 23 अगस्ट 2019 का दिन नेपाली दूतावासको सभा हलमा हुँदै छ। बिनोद प्रसाद बसौला र राम प्रसाद गौतम कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदै छ। यति बेला चुनावी माहोले कतार तातिएको छ, बिभिन्न पदहरुमा प्रतिस्पर्धा उत्रिएको देखिन्छ ।