logo
  • शनिबार, भाद्र २० २०८३

गायिका कोइरालाको शब्द स्वर रहेको भिडियो सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रवि रोषी, कतार  श्रावण ३। 
गायिका सरिता कोइरालाले आफ्नै शव्द्ध र आवाजमा स्वरांकित गीतमा अभिनय गरेको गीत भर्खरै मात्र बजारमा आएको छ । ‘मैना जोडी’ नामक एल्बममा ‘पतझड भयो मेरो जीवन हरियाली नै रहेन’ बोलको गीतमा उनले आवाज दिएकी हुन् भने सोहि गीतमा नायक तथा मोडल गजित बिष्ट संग उनले अभिनय पनि गरेकी छिन् । 13164407_967029403410872_1958114988519117319_n

सोविकाको समेत म्युजिक भिडियोमा भूमिका रहेको सो गीतमा हरि लम्सालले संगीत भरेका हुन् । बसन्त निरौलाको निर्देशन रहेको सो म्युजिक भिडियोमा दिनेश वान्तवाले छायांकन गरेका छन् भने प्रकाश बस्नेतले सम्पादनको भूमिका निर्वाह गरेका छन् ।

गीतको भाव अनुसार द्धैध चरित्रको भूमिका निर्वाह गरेका गजित बिष्टले सरितालाई धोका दिई अर्को नारी पात्रसंग लहसिएको गीतको भावलाई सबल अभिनयमा उतारेका छन् । गायिका तथा गीतकी नायिका सरिताको विगतका सुखद पारिवारिकतालाई स्मरण गर्दै वर्तमानमा गजितबाट पाएको धोकाको बारेमा गजबको अभिनय बखुबी साथ निभाएकी छिन् ।

लुसर्न कन्ट्रयाक्टीङ एण्ड जेनरल क्लिनिङ कम्पनीकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी सरिताका छोरी प्रशंशा कोइराला, छोरा साईउज्वल कोइराला समेतले आफ्नो स्वर भरेर एल्बम बजारमा ल्याएका हुन् ।

भिडियो हर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend