logo
  • शनिबार, भाद्र २० २०८३

रामेछाप दोहा सम्पर्क समाजद्वारा लामालाई बिदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर,  कतार ।
रामेछाप दोहा सम्पर्क समाजले एक हुनहार युवा, तथा रामेछाप दोहा सम्पर्क समाजले पनि केही गर्नुपर्छ भन्ने सोचलिएर जहिले पनि अग्रपंक्तिमा निरन्तर अगाडी बढीरहेका सक्रिय सदस्य अमित लामालाई दोहाको एक होटेलमा कार्यक्रमको आयोजना गरी विधाई तथा सम्मान गरेको छ ।

यस कार्यक्रम समाजका अध्यक्ष ललित कुमार तामाङ्गको अध्यक्षता र कार्यक्रम सन्चालन समाजका सचिव निर्मल नेवा खडगीको रहेको थियो । त्यस्तैगरी उपस्थितीहरुमा प्रथम उपाध्यक्ष उद्धव मगर, महासचीव नर बहादुर तामाङ्ग, सचीव निर्मल नेवा खडगी, सह–कोषाध्यक्ष मान कुमार मोक्तान, सदस्यहरु विक्रम योञ्जन, बुद्ध योञ्जन,अमित लामा, विनीता घिसिङ, रहेको कार्यक्रममा स्वागत मन्तव्य समाजका सह–कोषाध्यक्ष मान कुमार मोक्तानले राख्नु भएको थियो ।

परस्पर शुभकामना तथा विधाइको सम्झना स्वरुप खादा ओढाई उपस्थित सम्पूर्णले सम्मान गरेको थियो । यसै क्रममा सम्मानीत कर्मठ युवा अमित लामाले पनि सबै साथीहरुसंग छुट्टीन पर्दाको पिडा वोद्ध गर्दै आफु नेपालमा गएरपनि यस संस्थाप्रती निरन्तर गर्न सक्ने कामहरु अग्रज स्रष्ठाहरुसंग रायसुझाव लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

अन्तमा यस कार्यक्रमका अध्यक्ष ललित कुमार तामाङ्गले पनि आफ्ना भनाईहरु राख्दै सम्मानीत अमित लामालाई अबको दिनहरुमा झनै यस्ता हुनहार युवाको खाँचो पर्ने वताउदै थप भन्नु भयो ।

छोटो बसाइमा नै वहाँको संस्थाप्रती लगाव झुकाव र क्रियाशीलले गर्दा नै वहाँ आज हामी माझ आँखाको नानी भएर घुमी रहनु भएको वताउदै आगामी दिनहरुमा विभिन्न आरोह अवरोहको बाबजुद पनि निरन्तर अगाडी बढीरहनु हुनेछ भन्नृे पुर्ण आशाका साथ संस्थाको तर्फबाट प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम सौहद्रपुर्ण वातावरणमा समाप्त भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend