logo
  • शनिबार, भाद्र २० २०८३

मलेसियाले अवैधानिक रुपमा बसेका विदेशी कामदारलाई घर फर्किने अवसर दिने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,काठमाडौं साउन ३ ।

मलेसियाले अवैधानिक विदेशी कामदारलाई यो वर्ष पनि आममाफीको समय दिने भएको छ ।

मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका,कागजपत्रबिहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई आउँदो अगष्ट १ देखि डिसेम्बर ३१ सम्मको समय दिने मलेसियाको स्थानीय सञ्चार माध्यम मलाय मेलले उल्लेख गरेको छ ।

गैरकानुनी हैसियतमा मलेसियामा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिनका लागि मलेसियाले ‘द ब्याक फर गुड प्रोग्राम’ सञ्चालन गर्न लागेको हो । यो कार्यक्रममा समावेश हुनका लागि ७ सय मलेसियन रिंगिट तिर्नुपर्छ । साथै, यो कार्यक्रममा समावेश भएको सात दिनभित्र आधिकारिक कागज जस्तै पासपोर्ट, आपतकालीन यात्रा अनुमतिपत्र र घर फर्किने टिकट आफैंले उपलब्ध गराउनु पर्छ ।

यो कार्यक्रम मलेसियाको अध्यागमन विभाग आफैंले सञ्चालन गर्ने भएकाले कुनै पनि एजेण्ट वा बिचौलियाको भर नपर्न पनि अनुरोध गरिएको छ । यसअघि आममाफीको समयमा घर फर्काउन सहयोग गर्छु भन्दै ठगीका घटना हुने गरेका थिए । त्यसैले यसबाट बच्न मलेसियाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend