logo
  • शनिबार, भाद्र २० २०८३

NRNA NCC कतारको खुल्ला सदस्यमा झविन्द्र आचार्यको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, दोहा ।
गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको आठौं अधिवेशन (२०१९-२०२१) कार्यकालका लागी विभिन्न पदहरुमा उम्मेदवारी दर्ता भइरेहका बेला कतारमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका सामाजिक अभियन्ता झवीन्द्र आचार्यले खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापाहिले घर भइ हाल कतारमा कार्यरत आचार्यले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमितिका अध्यक्ष हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन । कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको आचार्य बताउछन ।

उनले सस्थाको पदनै ठुलो कुरा नभनी जुनसुकै पदमा रहेपनि पद भन्दा काम ठुलो भन्ने मान्याता राख्दै तन र मन दिई आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारीसँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न आफु तयार रहेको बताउछन ।

उनले हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँबाट मह्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिवद्द्ता व्यक्त गरेका छन् ।

 


विशेष आभार सहित
झविन्द्र आचार्य
NRNA NCC कतारको खुल्ला सदस्य पदका उम्मेद्वार ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend