logo
  • शनिबार, भाद्र २० २०८३

तीजले आँगन टेक्नै लाग्दा चोलेन्द्र पौडेलको “काँकरी” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

पोखरा, साउन १।
जेठ देखिनै समयलाई जितेर तीज गीत निकाल्ने र अफ्नो आफ्नो युटुबबाट तीज गीत हरु बाजर मा फालेको थुप्रै भेटिओ यो बर्ष पनि । तर पोखराका लोकप्रिय गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव स्टेज कार्यक्रमका किङ चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको नयाँ तीजगीत काँकरी भने तीज नजिकै आउदा साउन सङ्क्रान्तीदेखि डिजिटल बजारमा आएको हो ।

लोकप्रिय सर्जक शिब अखेलीले शब्दरहेको गीतमा चोलेन्द्र पौडेल स्वयम्को सँगीत रहेको छ । म्यूजिक भिडियोमा मुन्द्रे कमेडी शो का हाँस्यकलाकार लट्टे (राजेन्द्र नेपाली) र पोखरेली कलाकार बैंकर (युवराज भण्डारी), सबिना क्षेत्री, बिराज र बिक्रम थापामगरले अभिनय गरेका छन् ।

युवराज भण्डारीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा होम बहादुर गुरुङले नृत्य निर्देशन गरेका छन् । गीतको भिडियो गणेश सापकोटाले खिचेका हुन् । गीत चोलेन्द्र पौडेलको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend